मेक्सिको सिटी, २९ असोज (रासस-सिन्ह्वा) – मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई ठूला भूकम्पबाट ठूलो क्षति पुगेको छ ।
अहिले पनि मेक्सिकोका विभिन्न सहरहरुमा यस्ता पूर्व सूचना प्रणाली जडान गरिएको छ । त्यस कार्यक्रमलाई थप विस्तार गरिने भएको जानकारी दिइएको छ ।
मेक्सिकोमा गएको सेप्टेम्बर महिनामा मात्र दुई ठूला भूकम्प गएका थिए । सेप्टेम्बर १९ मा गएको पछिल्लो भूकम्प ७.१ रेक्टर स्केलको थियो । यसबाट ठूलो जनधनको क्षति पुगेको थियो ।
महिना दिनमा नै यसरी पराकम्पनमात्र नभएर दुई ठूला र अलग अलग भूकम्पका कारण यहाँको जनजीवन अत्यन्तै प्रभावित पनि भएको थियो । त्यहाँ भूकम्पको जोखिम रही नै रहेको भन्दै यसबाट आगामी दिनमा हुनसक्ने क्षति कमगर्न पूर्व सूचना प्रणाली जडान गर्न लागिएको बताइएको छ ।
मेक्सिको सिटीका मेयर माइगल एन्जेल मनसेराले आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको छ । उहाँले विशेषगरी मेक्सिको सिटीमा यो पूर्व सूचना प्रणाली जडान गरिने तयारी गरिएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार उक्त सिटीमा एक हजार वटा यस्ता पूर्व सूचना प्रणाली जडान गरिने र तिनीहरु विशेषगरी विद्यालय, भूकम्पीय हिसाबले बढी जोखिमपूर्ण अवस्थामा रहेका स्थानहरुका साथै बाक्लो बस्ती र अग्ला घरहरु रहेका स्थानमा जडान गर्न लागिएको हो ।
मेक्सिकोका विभिन्न स्थानमा यसअघि नै पनि यस्तो प्रणाली जडान गरिएको छ । तर थप भूकम्पीय जोखिमका समाचारहरु आइरहेकोले यो प्रणालीलाई थप विस्तार गर्न लागिएको पनि सो समाचारमा जनाइएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी