हनोई, २७ असोज (रासस-एएफपी) – भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ ।
उक्त बर्षा र बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
भीषण बर्षापछिको बाढी पहिरो कैयौँ बर्षयता आएका बाढी पहिरो भन्दा भयानक भएको बताइएको छ । बर्षा जारी रहेकोले उद्वारको कार्य निकै कठिन भएको पनि समाचारमा जनाइएको छ ।
उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी बर्षाबाट अझै पनि ३९ जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसैबीच मौसम विज्ञहरुले अर्को एक भीषण आँधी आफ्नो देशतर्फ आइरहेको चेतावनी दिएका छन् । यसका लागि सतर्क हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।
हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ ।
हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ ।
यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होआ बिन प्रान्त रहेको छ । सो प्रान्तमा मात्र २६ जनाको ज्यान जानुको साथै केही व्यक्ति हराइरहेका छन ।
त्यसैगरी मध्ये प्रान्त थान्ह होआ १४ को मृत्यु भएको हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रणका अधिकारीहरुले जानकारी दिएको छ ।
मङ्गलबारदेखि जारी रहेको यस वर्षाको कारण शुक्रबार पनि कैयौँ प्रान्त जलमग्न रहेको बताइएको छ ।
भियतनाममा यसै बर्षको सुरुमा पनि जारी भारी बर्षा र आँधीका कारण करिब १७० व्यक्तिको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक