संयुक्त राष्ट्रसंघ, २७ असोज (रासस- सिन्ह्वा) – म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ ।
गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेका राष्ट्रसंघले जनाएको छ । यो सँगै बङ्गलादेश पुगेका शरणार्थीहरु ५ लाख ३६ हजार पुगेको बिहीबार संयुक्त राष्ट्रसंघका प्रवक्ताले जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले संयुक्तराष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यानले शुक्रबार म्यानमारमका अधिकारीहरुसँग भेटवार्ता गर्ने बताउनु भएको छ ।
उहाँ आउदो मङ्गलबारसम्म म्यानमारमा रहने र यस विषयमा आवश्यक परामर्श गर्ने पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गर्नुभएको पनि हकले बताउनु भएको छ ।
द्वन्द्व अन्त्य भएको खण्डमा शरणार्थीहरु आफ्नो देश फर्किन पाउने भएकोले सो वातावरण निर्माणमा संयुक्त राष्ट्रसंघ लाग्ने पनि हकले बताउनु भएको छ ।
म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन् ।
सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाई रहेको छ । तर सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ ।
बङ्गलादेशको कोक्स बजारमा निकै थोरै क्षेत्र र शिवीरहरुमा ती शरणार्थीहरु बस्दै आएका छन् । उनीहरुलाई खाना र आवश्यक आधारभूत आवश्यकताको पनि पूर्ति हुन सकिरहेको छैन ।
यसैबीच प्रवक्ता हकले दिएको अर्को एक जानकारीअनुसार संयुक्त राष्ट्रसंघीय बालकोष र बङ्गलादेश सरकारले शुक्रबार नै यहाँका बालबालिकाका लागि कम्तीमा पनि १० हजार वटा चर्पी निर्माणका लागि सहमति गरेका छन् ।
शरणार्थी शिवीरहरुमा पानीको प्रबन्ध हुन नसकेको र यसका कारण पानीजन्य रोगहरुको प्रकोप पनि बढ्दो देखिएकोले यसप्रति दाता र राष्ट्रसंघको ध्यानाकर्षण अधिकारकर्मीहरुले गर्दै आएका थिए ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै