संयुक्त राष्ट्रसंघ, २७ असोज (रासस- सिन्ह्वा) – म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ ।
गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेका राष्ट्रसंघले जनाएको छ । यो सँगै बङ्गलादेश पुगेका शरणार्थीहरु ५ लाख ३६ हजार पुगेको बिहीबार संयुक्त राष्ट्रसंघका प्रवक्ताले जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले संयुक्तराष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यानले शुक्रबार म्यानमारमका अधिकारीहरुसँग भेटवार्ता गर्ने बताउनु भएको छ ।
उहाँ आउदो मङ्गलबारसम्म म्यानमारमा रहने र यस विषयमा आवश्यक परामर्श गर्ने पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गर्नुभएको पनि हकले बताउनु भएको छ ।
द्वन्द्व अन्त्य भएको खण्डमा शरणार्थीहरु आफ्नो देश फर्किन पाउने भएकोले सो वातावरण निर्माणमा संयुक्त राष्ट्रसंघ लाग्ने पनि हकले बताउनु भएको छ ।
म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन् ।
सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाई रहेको छ । तर सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ ।
बङ्गलादेशको कोक्स बजारमा निकै थोरै क्षेत्र र शिवीरहरुमा ती शरणार्थीहरु बस्दै आएका छन् । उनीहरुलाई खाना र आवश्यक आधारभूत आवश्यकताको पनि पूर्ति हुन सकिरहेको छैन ।
यसैबीच प्रवक्ता हकले दिएको अर्को एक जानकारीअनुसार संयुक्त राष्ट्रसंघीय बालकोष र बङ्गलादेश सरकारले शुक्रबार नै यहाँका बालबालिकाका लागि कम्तीमा पनि १० हजार वटा चर्पी निर्माणका लागि सहमति गरेका छन् ।
शरणार्थी शिवीरहरुमा पानीको प्रबन्ध हुन नसकेको र यसका कारण पानीजन्य रोगहरुको प्रकोप पनि बढ्दो देखिएकोले यसप्रति दाता र राष्ट्रसंघको ध्यानाकर्षण अधिकारकर्मीहरुले गर्दै आएका थिए ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी