सान फ्रान्सिस्को, २६ असोज (रासस-सिन्ह्वा) – अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।
जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । त्यसमा परी अहिलेसम्ममा ठूलो क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २३ पुगेको र अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ । तर डढेलो अझै पनि नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।
क्यालिफोर्निया राज्यको ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ । अहिले पनि यसको पूर्ण रुपमा नियन्त्रण हुन सकिरहेको छैन । करिब २०० अग्निनियन्त्रकले आगो निभाउने काम गरिरहेका बताइएको छ ।
उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमामात्र १७ जनाको ज्यान गएको छ । त्यसैगरी सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् ।
डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि २५ हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।
हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।
बिहीबार प्राप्त समाचारअनुसार करिब पाँच हजार जनालाई शिवीर बनाएर राखिएको छ । सो शिवीरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ ।
पछिल्लो जानाकारी अनुसार अहिलेसम्ममा तीन हजार ५०० भन्दा बढी घर खरानी भएका छन् । अरु पनि स्थानीय नागरिकका आधारभूत संरचनाहरु डढेर खरानी भएका छन् ।
अहिले पनि डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेकोले करिब २०० वटा अग्निनियन्त्रक र सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी