म्याड्रिड, २५ असोज (रासस-सिन्ह्वा) – क्याटालोनियाको क्षेत्रीय सरकारले उक्त राज्यलाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको हो कि होइन जवाफ दिन उक्त राज्य सरकारलाई आदेश गरेको छ ।
स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले भन्नुभएको छ— हामीले यही सूचना चाहन्छौँ कि क्याटालोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन ।
मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको हवाला दिएर क्याटालोनियाको स्वतन्त्रताको घोषणा गरेको बताइएको थियो । सोही सूचनाको आधारमा स्पेनको सरकारले सो प्रश्न गरेको हो ।
प्रधानमन्त्रीले सो बैठकपछि संवाददाताहरुसँग भन्नुभयो, हामीले शुरुमा सो क्षेत्रीय सरकारले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने बारेमा सोधेका छौँ र यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले सोही बमोजिम निर्णय गर्नेछ ।
हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणासमेत गरेका छन् ।
उनीहरुले सो जनमत संग्रहपछि क्याटालोनियाको स्वतन्त्रताका लागि भन्दै जनमत संग्रह गरेका थिए । सो जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो ।
तर विश्व समुदाय र स्पेन सरकारले भने उक्त जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएका छन् । स्पेन सरकारले क्याटालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ ।
क्याटालोनिया स्वतन्त्रताका लागि हालैमात्र जनमत संग्रह गरिएको थियो । तर जनमत संग्रहलाई विवादास्पद मानिएको छ । युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले पनि यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गर्नुभएको बताइएको छ ।
सो विवादपछि विभिन्न विश्व समुदायले पनि क्याटालोनियाको विरोधका कार्यक्रमलाई नचर्काउन क्याटालोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएको बताइएको छ ।
उक्त राज्यको स्वतन्त्रताका लागि त्यसको विरोधमा समेत बार्सिलोना तथा म्याड्रिडमा विरोधका कार्यक्रम जारी छन् । निर्णयको पक्ष र विपक्षमा समेत दिनहुँ हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।
क्याटालान नेता कार्लेस पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । तर उहाँलाई यो योजना छोड्न चर्को दबाब आइरहेको बुझिएको छ ।
गत साता भएको जनमत संग्रह विवादास्पद भएको थियो । सो निर्वाचनपछि यहाँका नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटालोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकिरहेको छैन ।
क्याटालोनियाका नेतालाई राज्य टुक्र्याउने काममा नलाग्न इयुको आग्रह
ब्रसेल्स, २५ असोज (रासस-एएफ्पी) – युरोपेली युनियनले क्याटालोनियाको पृथकताका लागि आन्दोलन गरिरहेका नेताहरुलाई राज्य टुक्राउने काममा नलाग्न र जनमत संग्रहको परिणामको वकालत गरी द्वन्द्व चर्काउने काम नगर्न आग्रह गरेको छ ।
हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरुले आन्दोलनको घोषणा गरेपछि इयुको सो भनाई आएको हो ।
युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले सो आग्रह गर्नुभएको हो । उहाँले हाललाई यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गर्नुभएको बताइएको छ ।
क्याटालोनिया स्वतन्त्रताका लागि हालैमात्र जनमत संग्रह गरिएको थियो । तर जनमत संग्रहलाई विवादास्पद मानिएको छ ।
सो विवादपछि विभिन्न विश्व समुदायले पनि क्याटोलोनियाको विरोधका कार्यक्रमहरुलाई नचर्काउन क्याटलोनियाली पृथकतावादी नेताहरुलाई दबाब दिएका बताइएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले जनमत संग्रह सर्वस्वीकार्य हुन नसकेको धारणा यसअघि नै राख्नुभएको थियो । उहाँले पनि सो जनमत संग्रहको निर्णयबाट नै पछि हट्न ती नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
उक्त राज्यको स्वतन्त्रताका लागि तथा त्यसको पनि विरोधमा बार्सिलोना तथा म्याड्रिडमा दिन प्रतिदिन विरोध कार्यक्रमहरु जारी छन् । निर्णयको पक्ष र विपक्षमा समेत दिनहुँ हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन् ।
क्याटालान नेता कार्लेस पुज्दमोन क्याटलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा हुनुहुन्छ । तर उहाँलाई यो योजना छोड्न चर्को दबाब आइरहेको बुझिएको छ ।
गत साता भएको जनमत संग्रह विवादास्पद भएको थियो । सो निर्वाचनपछि यहाँका नेताहरुले लगत्तै एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो । तर त्यसो हुन सकिरहेको छैन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा