लस एन्जेलस, २५ असोज (रासस-सिन्ह्वा) – अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ ।
गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी १५ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यसबाट अरु पनि कैयौँ हराइरहेका छन् ।
क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो अंगुर बगानमा पसेको यसैका कारण झन बढी फैलिएको बताइएको थियो । क्यालिफोर्नियाको करिब ५० हजार हेक्टर क्षेत्रफलमा डढेलो सल्किएको छ ।
उक्त राज्यका विभिन्न २४ स्थानबाट डढेलो सुरु भएको थियो । सो डढेलो अहिले सबैजसो जंगलमा फैलिएको छ ।
यसमा परी १५ जनाको ज्यान गएको छ भने अरु करिब २५ हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।
हजारौँ स्थानीय नागरिकले घर छोडेर भाग्न बाध्य भएका छन् । कतिपय आफै भाग्न सकेका थिए भने अरु कैयौँलाई प्रभावित क्षेत्रबाट उद्वार गरेर अन्यत्रै राखिएको छ ।
बुधबार प्राप्त समाचारअनुसार करिब पाँच हजार जनालाई शिवीर बनाएर राखिएको छ । सो शिवीरमा बस्ने नागरिकको घरबास जलेको र अन्य भौतिक सम्पत्ति पनि क्षति भएको छ ।
अंगुर बगानमा सुकेका पात र अंगुरका सुकेका झालले गर्दा बढी मात्रामा डढेलो लागेको थियो । प्राय अंगुर रहेको क्षेत्रमा बढी क्षति पुगेको छ । प्राय सबै संरचनाहरु ध्वस्त बनाएको पाइएको छ ।
सो आगलागीमा परी कम्तीमा पनि दुइ हजार घर जलेका छन् । त्यसमा व्यापारिक भवन पनि रहेका छन् । अन्य भौतिक संरचनाहरु पनि जलेर खरानी भएको बताइएको छ ।
प्राप्त समाचारअनुसार क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्र १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुले क्यालिफोर्निया राज्यमा यो पहिलो पटक यति खतरनाक डढेलो लागेको बताएका छन् ।
आइतबार रातिबाट अकस्मात उक्त क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो । त्यसको कारणको खोजी गरिरहेको प्रहरीले किन र कसरी डढेको सुरु भयो भन्ने बारेमा कुनै तथ्य भेट्न सकेको छैन ।
आगोको गति निकै तीब्र थियो । तीब्र हावाका कारण आगोको लप्काहरु पनि चाँडै नै विस्तारित भएको बताइएको छ । तातो हावा र सुख्खा मौसमका कारण आगो चाँडै फैलिरहेको छ ।
अहिले पनि डढेलो पूर्ण रुपमा नियन्त्रणमा आउन सकिरहेको छैन । अग्निनियन्त्रक, स्थानीय नागरिक तथा सेनाले डढेलो नियन्त्रणको प्रयास जारी राखेका छन् । तर डढेलो भने नियन्त्रणमा लिन सकिएको छैन ।
यसैबीच प्राप्त एक पछिल्लो समाचार अनुसार उक्त आगलागीमा परी हराएका भनिएकामध्ये ५७ जना स्थानीय नागरिक भेटिएका छन् । सो जानकारी क्यालिफोर्नियाका अधिकारीहरुले दिएका छन् ।
पछिल्लो समाचारमा उक्त अगलागीमा परी अझै पनि १८० जना मानिस हराएका छन् । उनीहरुको खोजी कार्य पनि जारी रहेको उद्वारकर्मीहरुले जानकारी दिएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी