ब्रसेल्स, २४ असोज (रासस-एएफ्पी) – क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि जनमत सङ्ग्रहलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दवाव दिने क्रम क्रमशः बढ्दो देखिएको छ ।
यूरोपेली यूनियन (इयू) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गर्नुभएको छ ।
त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले पनि जनमत सङ्ग्रह सर्वस्वीकार्य नभएको बताउँदै यसबाट पछि हट्न आग्रह गर्नुभएको छ ।
स्वतन्त्रता सम्वन्धि निर्णयको विरोधमा बार्सिलोना तथा म्याड्रिडमा पनि दिन प्रतिदिन विरोधका स्वर चर्किदै गएका छन् । निर्णयको विरुद्धमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन् ।
क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कार्लेस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गर्नुपरेको हो ।
गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन् ।
बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राजोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन् ।
मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राजोयलाई मड्रिडलाई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न बताउनुभयो ।
आफूले पूज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा