ब्रसेल्स, २४ असोज (रासस-एएफ्पी) – क्याटलोनिया स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरिए पनि जनमत सङ्ग्रहलाई विवादास्पद मान्ने विभिन्न विश्व समुदायले यसको विरोध गर्ने र यसो नगर्न क्याटलोनियाली नेतालाई दवाव दिने क्रम क्रमशः बढ्दो देखिएको छ ।
यूरोपेली यूनियन (इयू) प्रमुख डोनाल्ड टस्कले क्याटलोनियाका पृथकतावादी नेतालाई राज्य टुक्राउने काममा नलाग्न आग्रह गर्नुभएको छ ।
त्यसैगरी फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले पनि जनमत सङ्ग्रह सर्वस्वीकार्य नभएको बताउँदै यसबाट पछि हट्न आग्रह गर्नुभएको छ ।
स्वतन्त्रता सम्वन्धि निर्णयको विरोधमा बार्सिलोना तथा म्याड्रिडमा पनि दिन प्रतिदिन विरोधका स्वर चर्किदै गएका छन् । निर्णयको विरुद्धमा हजारौं मानिसहरु प्रदर्शनमा उत्रिएका छन् ।
क्षेत्रीय संसदमा सम्बोधन गर्नुअघि क्याटलन नेता कार्लेस पूज्डमोनले क्याटलोनिया स्पेनबाट अलग्गिने योजना छोड्ने चर्को दबाबको सामना गर्नुपरेको हो ।
गत साता भएको विवादास्पद जनमत संग्रहपछि उनले एकतर्फी रुपमा क्याटलोनियाको स्वतन्त्रताबारे घोषणा गर्लान् भन्ने अनुमानहरु गरिएका छन् ।
बार्सिलोनाका मेयरले क्याटलन नेता पूज्डमोन र स्पेनका प्रधानमन्त्री मारिआनो राजोयलाई मंगलबार साँझ संकट साम्य पार्न आह्वान गरेका छन् ।
मंगलबारको क्याटलान संसदमा बोल्नुअघि मेयर याडा कोलाउले पूज्डमोनलाई स्वतन्त्रता घोषणा नगर्न आह्वान गरे भने प्रधानमन्त्री राजोयलाई मड्रिडलाई प्रत्यक्ष नियन्त्रण गर्नबाट पछि हट्न बताउनुभयो ।
आफूले पूज्डमोन र राखोयलाई वार्ता र मेलमिलापको सम्भावना रोकिने खालको कुनै निर्णय नगर्न भनेको कोलाउले बताउनुभयो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी