
एथेन्स, ग्रीस, २४ असोज (रासस-एएफ्पी) – ग्रीसको संसदले मङ्गलबार १५ बर्ष माथिका किशोर किशोरीलाई लिङ्ग परिवर्तन गर्ने गरी सुधार गरिएको कानूनलाई अनुमोदन गरेको छ ।
यस कानूनी प्रावधानप्रति ग्रीसको अर्थोडक्स चर्चले विरोध जनाएको छ ।
ग्रीसको बामपन्थी सत्ताधारी सिरिजा पार्टीले एक अर्को उदारवादी पोटामी पार्टीको सहयोगमा २८५ सदस्य रहेको संसदमा १४८ मतद्वारा लिङ्ग परिवर्तन सम्वन्धि कानूनलाई पास गरेको हो ।
सिरिजा पार्टीको राष्ट्रवादी गठवन्धन, एनेल पार्टीका नौमध्ये एकले मात्र कानूनको समर्थन गरेको छ ।
विद्यमान् कानून अनुसार ग्रीसमा आफ्नो लैङ्गिक पहिचानका लागि लिङ्ग परिवर्तन गर्न चाहने व्यक्तिले पहिले शल्यक्रिया गर्नुपर्ने वाध्यता रहेको थियो । नयाँ कानूनले यसलाई अनिवार्य गर्ने छैन ।
प्रमुख प्रतिपक्षी दल न्यू डेमाक्रेसीले लिङ्ग परिवर्तन गर्ने कानूनलाई समर्थन जनाएको भएपनि उमेर हदलाई १८ बर्ष तोक्नु पर्ने अडान राखेको थियो ।
तेस्रो लिङ्गी नागरिकले आँफू फरक लैङ्गिक पहिचान भएकै कारण अपमानित हुनुपर्ने थियो यसलाई हामीले तोड्नु र उनीहरूको अधिकार दिनु पथ्र्यो र आज यो भएको छ, ग्रीसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले बताउनुभयो ।
‘आवाजविहिन तथा समुदायमा दवाइएका अल्पसङ्ख्यक नागरिकको पक्षमा सरकार थियो र अव उनीहरूले अपमानित हुनुपर्ने छैन’, उहाँले थप्नुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ