लन्डन । एनआरएन अभियानका एकजना क्रियाशिल अभियन्ता हेमन्त सेढाईंले एनआरएनए युरोपियन क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने घोषणासंगै अहिले चुनावी अभियानमा तीव्र पारेका छन् ।
गैर आवासीय नेपाली संघ पोर्तुगलको २०१७-२०१९ कार्यकालका नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा सेढाईंले उम्मेदवारी घोषणा गरेका थिए । यतिखेर नेपालमै गएर उनले आफ्नो चुनावी अभियान तीव्र बनाएका हुन् ।
११ वर्षदेखि युरोप बस्दै आएका सेढाईंसंग एनआरएन एनसीसीदेखि आइसीसीसम्मको अनुभव छ । गैर आवासीय नेपाली संघ पोर्तुगलमा सन् २००८ देखि ०१० सम्म सचिव, सन् २०१३ देखि १५ सम्म महासचिव हुंदै हाल गैरआवासीय नेपाली संघ आइसीसीको आर्थिक स्थायित्व समितिको सदस्य रहेका सेढाईं जनसम्पर्क समिति पोर्तुगलका संस्थापक सचिव समेत हुन् ।
युरोपमा बेलायतपछि सबैभन्दा बढि आप्रवासी नेपालीको बसोबास रहेको पोर्तुगलको प्रतिनिधित्व गर्दै उनले उम्मेदवारी दिएका हुन् । समग्रमा युरोपमा रहेका आप्रवासी नेपालीका समस्या, उनीहरुको हकहित र अधिकार लगायतका विषयमा विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका उनले थप नयां कार्ययोजनासहित उम्मेदवारी दिएको बताए ।
युरोपमा रहेका नेपालीका मुलभूत समस्याको सम्बोधन अझै हुन नसकेको बताउंदै उनले ति समस्यालाई मुख्य मुद्दा बनाइ केन्द्रीय तहमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनको समाजसेवामा पनि उत्तिकै लगाव छ । उनले केही साता अघिमात्र पोर्तुगलमा छुरा प्रहारबाट हत्या गरिएका हरिबहादुर जिसीका छोरीको स्नातक तहसम्मको अध्ययनका लागि मासिक दुई हजार रुपैंयाको शैक्षिक छात्रवृत्ति दिने वाचा गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी