
युरोपका नेपालीको समस्या समाधान सेढाईंको मुख्य एजेन्डा
लन्डन । एनआरएन अभियानका एकजना क्रियाशिल अभियन्ता हेमन्त सेढाईंले एनआरएनए युरोपियन क्षेत्रीय उपसंयोजकमा उम्मेदवारी दिने घोषणासंगै अहिले चुनावी अभियानमा तीव्र पारेका छन् ।
गैर आवासीय नेपाली संघ पोर्तुगलको २०१७-२०१९ कार्यकालका नवनिर्वाचित पदाधिकारीको पदस्थापना कार्यक्रममा सेढाईंले उम्मेदवारी घोषणा गरेका थिए । यतिखेर नेपालमै गएर उनले आफ्नो चुनावी अभियान तीव्र बनाएका हुन् ।
११ वर्षदेखि युरोप बस्दै आएका सेढाईंसंग एनआरएन एनसीसीदेखि आइसीसीसम्मको अनुभव छ । गैर आवासीय नेपाली संघ पोर्तुगलमा सन् २००८ देखि ०१० सम्म सचिव, सन् २०१३ देखि १५ सम्म महासचिव हुंदै हाल गैरआवासीय नेपाली संघ आइसीसीको आर्थिक स्थायित्व समितिको सदस्य रहेका सेढाईं जनसम्पर्क समिति पोर्तुगलका संस्थापक सचिव समेत हुन् ।
युरोपमा बेलायतपछि सबैभन्दा बढि आप्रवासी नेपालीको बसोबास रहेको पोर्तुगलको प्रतिनिधित्व गर्दै उनले उम्मेदवारी दिएका हुन् । समग्रमा युरोपमा रहेका आप्रवासी नेपालीका समस्या, उनीहरुको हकहित र अधिकार लगायतका विषयमा विगत धेरै वर्षदेखि सहकार्य गरिरहेका उनले थप नयां कार्ययोजनासहित उम्मेदवारी दिएको बताए ।
युरोपमा रहेका नेपालीका मुलभूत समस्याको सम्बोधन अझै हुन नसकेको बताउंदै उनले ति समस्यालाई मुख्य मुद्दा बनाइ केन्द्रीय तहमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनको समाजसेवामा पनि उत्तिकै लगाव छ । उनले केही साता अघिमात्र पोर्तुगलमा छुरा प्रहारबाट हत्या गरिएका हरिबहादुर जिसीका छोरीको स्नातक तहसम्मको अध्ययनका लागि मासिक दुई हजार रुपैंयाको शैक्षिक छात्रवृत्ति दिने वाचा गरेका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति