मंगलबार, कार्तिक ११ २०७७ | Tue, October 27, 2020
नेपालको समय: १८:२४ | UK Time: 12:39

एनआरएनए उपाध्यक्षमा सोनाम लामाको उम्मेदवारी घोषणा

वीनेपाली
२०७४ असोज २२ गते १२:२०

 

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाले आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामाले आइतबार विज्ञप्ति प्रकाशित गर्दै उक्त घोषणा गरेका हुन् । एनआरएनएको आठौं महाधिवेशन यही साता अक्टोबर १४–१७ सम्म काठमाण्डौंमा हुदैंछ ।

सन् २००८ देखि एनआरएनमा जोडिंदै आएका लामा विगत दुई दशकदेखि अमेरिकाका स्थायी बासिन्दा हुन् । मुस्ताङ्गमा जन्मिएका लामाले आफ्नै लगानीमा अमेरिकाको विभिन्न शहरमा नेचुरल अर्गानिक फुड डिपार्टमेण्टल स्टोर खोलेका छन् । उनले अर्गानिक फुड र होटल रेष्टुरेन्टमा लगानी गर्दै आएका छन् ।

संघको अन्र्तराष्ट्रिय समन्वय परिषदमा दुई पटकसम्म काम गरिसकेका लामा क्षेत्रीय सहसंयोजक हुँदै हाल अमेरिका क्षेत्रको संयोजक हुन् । संसारको सबैभन्दा अग्लो स्थान मुस्ताङ्गमा बुद्धमुर्ति स्थापना गर्ने अभियानमा जुटेका लामाले आपतकालिन कोष, विभिन्न अक्षयकोषलगायत बाढीपीडित र हाल भूकम्पपीडितका लागि लाप्राकमा नमुना बस्ती बनाउने अभियानमा जुटेका छन् ।

लामाको घोषणापत्र
सम्पूर्ण गैर आवासीय नेपाली संघका साथीहरु, मेरा अग्रज र अध्यक्षज्यूहरु,

यस संघको आठौं महाधिवेशन यही अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुनगइरहेको अवस्थामा मैले आफूलाई उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी गराउन चाहान्छु । आजको यो एनआरएनको अभियानमा यहाँसम्म आइपुग्दा आफूलाई उपाध्यक्ष पदमा प्रस्तुत गर्नपाउँदा खुशी लागेको छ । डा. उपेन्द्र महतोदेखि शेषघलेसम्म आइपुग्दा यससंघको गरिमामय छविलाई हृदयगमगर्दै अबका दिनपनि जिम्मेवारीपूर्वक कार्यगर्ने हेतुले यस अभियानमा जोडिएर अघि बढ्न पाएकोमा मलाई गर्वको अनुभूति भएको छ । मेरो सहकार्य ७८ देशमा रहेका सम्पूर्ण एनआरएन र आइसीसीसँग गर्दै देशका विभिन्न क्षेत्रमा भइपरी आउने परिघट्नामा सामेल हुने रहर छ ।

१)     संस्था र साथीहरुद्धारा अघि सारेका समाज कल्याण, देश राष्ट्रहितका कुनैपनि कार्यमा मेरो  तनमन र धनलाई खर्चिनेछु ।

२)     हामी एनआरएनहरुको दोश्रो गाउँ लाप्राक नमुना बस्ती करिब करिब अन्तिम चरणमा छ । मैले पनि यो अभियानमा शुरुका दिन देखि सेवा गर्ने मौका पाएको छु । वर्तमान अध्यक्षज्यूसंगसंगै हातमा हात मिलाउदै अब थोरै मात्र बाँकी रहेको काम पुरा गर्न म कुनै पनि मूल्यमा पछि हट्ने छैन् ।

३) हामी सबैको सपना र नेपाल नेपाल बाहिर बस्ने नेपालीहरुको एकतालाई एकतावद्ध गर्दै जिम्मेवारी लिन चाहन्छु ।

४)  भविष्यका लागि युवापुस्तालाई जोड्न हामीले हिजो भन्दा आज र भोलिका लागि फरक कार्यक्रम गर्दै हामी नभएपनि हाम्रा छोराछोरी, नातीनातीनाहरुलाई मुलुकसंग जोडी राख्न नागरिकता निरन्तरताको लागि हिजोको भन्दा धेरै सकृय हुनेछु ।

५)  दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा जुट्दै युवाहरुलाई विदेश जाने वातावरण बन्द गर्ने अभियानमा लाग्नेछु ।

हिजो जसरी देशमा परेको संकटमा सबैसंग कांधका कांध मिलाएर काम गरेको थिएं । देशमा चलेको 
चर्को नाकाबन्दी होस् वा भूकम्प पीडित साथै सप्तरीमा बाढीपीडित हरेक आइपर्ने संकटको अवस्थामा राष्ट्र र नागरिकलागि सदैव खट्ने प्रण गर्दछु । यसैगरी यही खटाइलाई निरन्तरता दिन मेरो उम्मेदवारी आएको यहाँहरुसमक्ष जानकारी गराउन चाहन्छु । सम्पूर्ण गैरआवासीय नेपालीलगायत देशभित्रका सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुमा अबको मेरो कार्यकाललाई सहयोग गरि सफल बनाइदिनुहुन हार्दिक अनुरोध गर्दछु । र एनआरएनप्रतिको मेरो कर्तव्य पूरा भएको विश्वास ठान्दछु ।

अन्त्यमा, सबैलाई एनआरएनएमा आवद्ध भई एनआरएनले अघि सारेका हरेक परियोजनामा साथ भई विकासमा सहभागी हुन आग्रह गर्दै यही साता नेपालमा हुने हाम्रो विश्व सम्मेलमा भेटने विश्वासका साथ विदा माग्दछु ।

जय एनआरएन

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक