ओस्लो, नर्वे, २० असोज (रासस-सिन्ह्वा) – सन् २०१७ को नोबेल शान्ति पुरस्कार परमाणु हतियार निर्मुल पार्न पहल गर्दै आएको अन्तर्राष्ट्रिय समूह (आइक्यान) लाई प्रदान गरिएको नर्वेली नोबेल शान्ति पुरस्कार समितिले शुक्रबार जनाएको छ ।
‘आइक्यानले आणविक हतियार मानवीय विनासको कारक बन्नसक्नेतर्फ ध्यान केन्द्रित गर्दै यसखालका हतियार प्रयोग तथा निर्माणमा रोक लगाउन गरेको प्रयास नै पुरस्कारका लागि आधार बनेको छ’, नोबेल समितिकी अध्यक्ष बेरिट राइस एण्डरसनले बताउनुभयो ।
उहाँले परमाणु अस्त्र भएका राष्ट्रले आफ्ना हतियारलाई विस्तारै हटाउनका लागि वार्ताको पहल गर्न आह्वान गर्नुभयो ।
नोबेल समितिले विश्वमा बनिरहेका परमाणु अस्त्रको प्रयोगको सम्भावना वर्षौं यताको तुलनामा सबभन्दा उच्च रहेको बताएको छ ।
यसै बर्षको जुलाईमा विश्वका १ सय २२ राष्ट्रहरुले सबै परमाणु अस्त्र प्रतिबन्ध गर्दै निर्मूल पार्नका लागि बनाइएको संयुक्त राष्ट्रसंघको सन्धिमा हस्ताक्षर गरेका थिए ।
यद्यपि बेलायत र अमेरिकासहितका विश्वका नौ वटा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुमध्ये कसैले पनि त्यसमा हस्ताक्षर गरेनन् ।
सयौं गैरसरकारी संस्थाहरु सम्मिलित आइक्यान १० वर्ष पुरानो संस्था हो र यसको मुख्यालय स्वीटजरल्याण्डको जेनेभामा रहेको छ ।
एघार लाख डलर सहितको पुरस्कार आगामी डिसेम्बरमा हुने एक कार्यक्रमबीच प्रदान गरिनेछ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’