बेइजिङ, १९ असोज (रासस-एएफपी) – चीनले उत्तर कोरियातर्फ गर्ने गरेको पेट्रोलियम पदार्थको निर्यातको मात्रा घटाएको जनाएको छ । चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो ।
चिनियाँ बाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तररूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ ।
सोही नाकाबन्दीस्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडापार्दै उक्त निर्णय गरेको हो । त्यसैगरी सो मुलुकबाट आफूले गर्ने कपडाको आयात पनि बन्द गरिएको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्याङ्कअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन छ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो ।
तर चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्याङ्क सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्याङ्क भने सार्वजनिक हुन नसकेको बताइएको छ ।
शुरुमा वासिङ्टनले उत्तर कोरियामाथि पूर्णप्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रुसको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो ।
उत्तर कोरियालाई चीनले सहयोग गर्दै आएको आरोप अमेरिकाको थियो । अमेरिकाले चीन उत्तर कोरियाको प्रमुख ब्यापार सहयोगी रहेको र यी दुई देशबीच ठूलो मात्राको आर्थिक क्रियाकलाप हुने गरेको बताउदै आएको छ ।
पछिल्लो समयमा उत्तर कोरियाले शक्तिशाली आणविक परीक्षणहरु गर्दै आएको छ । ती परीक्षणबाट विश्वमा हतियारको होडबाजी सुरुहुने त्रास बढ्दै गएको बताउने गरिएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’