लस भेगस, १८ असोज (रासस-एएफपी) – अमेरिकी सहर लस भेगसमा आइतबार राति भिषण आक्रमण गरी कम्तीमा ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटीसाथीलाई अमेरिकी झिकाइएको छ ।
अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । यसै क्रममा उनलाई पनि अमेरिका झिकाइएको हो । प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ ।
प्रहरीले भनेको छ– ‘के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ, सोही क्रममा उनकी केटीसाथी मार्लाे डेन्लीसँग पनि सोधपुछ गरिने छ ।’
मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० बर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले हिजोमात्र जानकारी दिएको थियो ।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगीतिक प्रस्तुती) को समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए ।
उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए ।
अमेरिकी प्रहरीले भनेको छ– ‘६२ बर्षीया मार्लाेलाई हिरासतमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन् सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौँ ।’
प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझ्ने छ । साथै प्याडकको विगतको बानी ब्यहोरोको बारेमा पनि उनीसँग बुझ्ने बताइएको छ ।
प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजेको हो ।
अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको छ ।
उक्त गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
घाइतेको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, आधुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् ।
उता सो घटनामा आइएसले जिम्मेवारी लिए पनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाई छ । प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन । आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार