लस भेगस, १८ असोज (रासस-एएफपी) – अमेरिकी सहर लस भेगसमा आइतबार राति भिषण आक्रमण गरी कम्तीमा ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटीसाथीलाई अमेरिकी झिकाइएको छ ।
अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । यसै क्रममा उनलाई पनि अमेरिका झिकाइएको हो । प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ ।
प्रहरीले भनेको छ– ‘के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ, सोही क्रममा उनकी केटीसाथी मार्लाे डेन्लीसँग पनि सोधपुछ गरिने छ ।’
मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० बर्षअघि क्यासिनोमा काम गर्न भन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले हिजोमात्र जानकारी दिएको थियो ।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगीतिक प्रस्तुती) को समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए ।
उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए ।
अमेरिकी प्रहरीले भनेको छ– ‘६२ बर्षीया मार्लाेलाई हिरासतमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन् सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौँ ।’
प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझ्ने छ । साथै प्याडकको विगतको बानी ब्यहोरोको बारेमा पनि उनीसँग बुझ्ने बताइएको छ ।
प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजेको हो ।
अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको छ ।
उक्त गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।
घाइतेको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, आधुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् ।
उता सो घटनामा आइएसले जिम्मेवारी लिए पनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाई छ । प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन । आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने