इस्लामावाद, १६ असोज (रासस-एएफपी) – पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित हुनुभएको समाचार छ ।
भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट पर्खास्त गरिनुभएका पूर्व प्रधानमन्त्री शरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थित हुनुभएको पाकिस्तानको राजधानी इस्लामावादबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
उहाँ सोमबार बिहान सो अदालतमा उपस्थित हुदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको समाचारमा उल्लेख गरिएको छ ।
अदालत परिसरलाई प्रहरीले पूरै घेरा हालेको थियो । सो सुरक्षा घेराबाहिर उपस्थित उहाँका समर्थकहरुले शरिफको पक्षामा नाराबाजी लगाएका थिए ।
उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी रहेको, उहाँले भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा उहाँलाई दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए ।
उहाँ अदालत परिसरमा उपस्थित हुदा पाकिस्तानका ठूलो सङ्ख्याका पत्रकार उपस्थित थिए । उहाँलाई टेलिभिजनका फोटो पत्रकारहरुले निकै परसम्म पछ्याएका थिए ।
उहाँमाथि भ्रष्टाचारको आरोपमा छानबीन सुरु भएपछि लामो समयपछि सर्वाेच्च अदालतले गत जुलाई महिनामा उहाँलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो ।
त्यसयता पनि उहाँमाथि अदालतको अनुसन्धान जारी नै छ । उहाँ दोस्रो पटक सोमबार सो अदालतमा उपस्थित हुनुभएको छ र सम्भवत उहाँमाथि जेल सजाय हुनसक्ने अनुमानका समाचारहरु आउन थालेका छन् ।
सोमबारका पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई जेल सजाय हुनसक्ने भनी समाचार सम्प्रेषण गरिरहेका छन् । तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने