इस्लामावाद, १६ असोज (रासस-एएफपी) – पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालत सामु उपस्थित हुनुभएको समाचार छ ।
भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट पर्खास्त गरिनुभएका पूर्व प्रधानमन्त्री शरिफ सोमबार दोस्रो पटक सो अदालतसामु उपस्थित हुनुभएको पाकिस्तानको राजधानी इस्लामावादबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
उहाँ सोमबार बिहान सो अदालतमा उपस्थित हुदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको समाचारमा उल्लेख गरिएको छ ।
अदालत परिसरलाई प्रहरीले पूरै घेरा हालेको थियो । सो सुरक्षा घेराबाहिर उपस्थित उहाँका समर्थकहरुले शरिफको पक्षामा नाराबाजी लगाएका थिए ।
उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी रहेको, उहाँले भ्रष्टाचार नगरेको तर राजनीतिक प्रतिशोधका आधारमा उहाँलाई दोषी बनाइएको भन्दै नाराबाजी गरिरहेका थिए ।
उहाँ अदालत परिसरमा उपस्थित हुदा पाकिस्तानका ठूलो सङ्ख्याका पत्रकार उपस्थित थिए । उहाँलाई टेलिभिजनका फोटो पत्रकारहरुले निकै परसम्म पछ्याएका थिए ।
उहाँमाथि भ्रष्टाचारको आरोपमा छानबीन सुरु भएपछि लामो समयपछि सर्वाेच्च अदालतले गत जुलाई महिनामा उहाँलाई पदमा बसिरहन नैतिकताको आधारमा नमिल्ने भन्दै बर्खास्त गरेको थियो ।
त्यसयता पनि उहाँमाथि अदालतको अनुसन्धान जारी नै छ । उहाँ दोस्रो पटक सोमबार सो अदालतमा उपस्थित हुनुभएको छ र सम्भवत उहाँमाथि जेल सजाय हुनसक्ने अनुमानका समाचारहरु आउन थालेका छन् ।
सोमबारका पाकिस्तानी सञ्चारमाध्यमहरुले पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफलाई जेल सजाय हुनसक्ने भनी समाचार सम्प्रेषण गरिरहेका छन् । तर यो समाचारको कानुनी वा अदालती रुपमा पुष्टी भने हुन सकिरहेको छैन ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार