बार्सेलोना, १६ असोज (रासस-एएफपी) – स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले सो देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले जनाएका छन् ।
क्याटालोनियाका नेता चाल्स पुजमोनले आफूहरुले स्वतन्त्र राष्ट्र निर्माणका लागि जनमत प्राप्त गरेको दाबी गर्नुभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको पछिल्लो समाचारमा उल्लेख गरिएको छ । खसेको मतमध्येमा करिब ९० प्रतिशतले स्पेनबाट अलग्गिनुपर्ने पक्षमा मत दिएका क्याटालोनिया सरकारको दाबी छ ।
सोमबार बार्सिलोनामा सम्बोधन गर्दै क्षेत्रीय सरकारका प्रमुख कारलस पूजमोनले सो दाबी गर्नुभएको हो । उहाँले क्याटालोनियाली जनताले आफ्नो अलग्गै राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताउनुभयो ।
उहाँले सो जनमत संग्रहको नतिजा कानून निर्माणका लागि अब संसद्लाई पठाइने पनि जानकारी दिनुभयो । उहाँले सो मतमाथि कानून बमोजिम काम होस् भनी आग्रह पनि गर्नुभयो ।
तर सो जनमत संग्रहलाई स्पेन सरकारले भने मान्यता दिएको छैन । जम्मा ४० प्रतिशतमात्र मत खसेको निर्वाचनलाई वैध नमान्ने सरकारले जनाएको छ ।
आइतबार पनि स्पेनको प्रहरीले मतदान केन्द्रलाई नियन्त्रणमा लिई मतदान गर्न दिएको थिएन । त्यस क्रममा पनि भिडन्त भएको बताइएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार