बेरुत, १५ असोज (रासस-एएफपी) – सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ ।
मारिनेमा सर्वसाधारण नागरिकको संख्या ९५५ छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो ।
उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको पाँच बर्षभन्दा लामो समयदेखि जारी हिंसाकै क्रममा गत महिना सन् २०१७ मा मारिएकामा नै सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ ।
सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् । सिरियाली सेनाको कारबाही, रुसी सेनाको हवाई कारबाही तथा इस्लामिक स्टेट्स समूहबाटमात्र ती नागरिक मारिने गरेका छन् ।
सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्दछ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनाले यहाँ हवाई कारबाही गर्ने गरेका छन् ।
सन् २०११ को सेप्टेम्बर महिनादेखि सिरियामा राष्ट्रपति बसर अल असदका विरुद्धमा आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर हिंसामा परिणत भएको छ ।
हाल त्यहाँ गृहयुद्ध जारी छ । राष्ट्रपति असदका विरुद्धमा यहाँका विभिन्न प्रजातान्त्रिक बलले आन्दोलन तथा सैनिक कारबाही पनि थालेका छन् ।
अहिलेसम्म यहाँका ३ लाख ३० हजार नागरिकको ज्यान गएको बताइएको छ । यसरी मारिनेमा सेना, प्रहरी पनि छन् । तर मारिने नागरिकमा अधिकांश सर्वसाधारण नै बढी रहेका अधिकारवादीहरुले जनाएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार