बेरुत, १५ असोज (रासस-एएफपी) – सिरियामा गएको महिना अर्थात सेप्टेम्बरमा मात्र करिब ३ हजार जना नागरिकको ज्यान गएको छ ।
मारिनेमा सर्वसाधारण नागरिकको संख्या ९५५ छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो ।
उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको पाँच बर्षभन्दा लामो समयदेखि जारी हिंसाकै क्रममा गत महिना सन् २०१७ मा मारिएकामा नै सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ ।
सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् । सिरियाली सेनाको कारबाही, रुसी सेनाको हवाई कारबाही तथा इस्लामिक स्टेट्स समूहबाटमात्र ती नागरिक मारिने गरेका छन् ।
सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्दछ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनाले यहाँ हवाई कारबाही गर्ने गरेका छन् ।
सन् २०११ को सेप्टेम्बर महिनादेखि सिरियामा राष्ट्रपति बसर अल असदका विरुद्धमा आन्दोलन सुरु भएको थियो । सो आन्दोलन पछि गएर हिंसामा परिणत भएको छ ।
हाल त्यहाँ गृहयुद्ध जारी छ । राष्ट्रपति असदका विरुद्धमा यहाँका विभिन्न प्रजातान्त्रिक बलले आन्दोलन तथा सैनिक कारबाही पनि थालेका छन् ।
अहिलेसम्म यहाँका ३ लाख ३० हजार नागरिकको ज्यान गएको बताइएको छ । यसरी मारिनेमा सेना, प्रहरी पनि छन् । तर मारिने नागरिकमा अधिकांश सर्वसाधारण नै बढी रहेका अधिकारवादीहरुले जनाएका छन् ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे