बेइजिङ्ग, १५ असोज (रासस-सिन्ह्वा) चीनले आइतबार आफ्नो स्थापनाको ६८ औँ राष्ट्रिय दिवस मनाउदै छ । सो राष्ट्रिय दिवस मनाउने एक साताव्यापी कार्यक्रम आजबाट शुरु भएको छ ।
चीनले अफ्नो स्थापनाको ६८ औँ दिवस मनाउन चीनको तियानमेन स्क्वायरमा विशेष कार्यक्रम गरेको थियो । बादशाही शासनकालबाट मुक्त भै जनवादी गणतन्त्र चीन स्थापना भएको आज ६७ बर्ष पुगी ६८ औं बर्ष प्रवेश भएको हो ।
तियानमेत स्क्वायरमा आइतबार बिहान ६ः०५ बजे विशेष समारोहको आयोजना गरी सो समारोहमा झण्डोत्तोलन गरिएको थियो ।
साप्ताहिक कार्यक्रम शुरुवातीको पहिलो दिन आज राष्ट्रिय झण्डोत्तोलन अवलोकन गर्न देशभरबाट करिब १ लाख १५ हजार मानिसहरु बिहानैदेखि बेइजिङ्गको तियान्मेन चोकमा भेला भएका छन् ।
हरेक बर्ष तियानमेन स्क्वायरमा चीनको राष्ट्रिय दिवस मनाउन यस्तै विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ । तियानमेन स्क्वायर चीनको राजनीतिक परिवर्तनमा विशेष स्थान मानिन्छ ।
सो स्थानमा आइतबार बिहान चिनियाँ सैनिकले झण्डा उठाएर चीनको स्थापना दिवसको स्वागत गरेपछि विशेष सैनिक परेड सुरु भएको थियो । आज बिहान घाम झुल्केसँगसँगै राष्ट्रिय धूनकाबीच पाँच तारे राष्ट्रिय ध्वजा उठाई झण्डोत्तोलन गरियो ।
राष्ट्रिय झण्डोत्तोलनका क्रममा, १७ मिटर (५६ फिट) अग्लो पारी झण्डाको पृष्ठभूमिमा झुण्ड्याइएका विभिन्न फल र पूmलः पाँचवटा ताराको प्रतीकस्वरुप – हलुवाबेत, अनार, स्याउ, पियोनी (बिशेष प्रकारको चिनियाँ फूल) तथा चिनियाँ गुलाफको फूलका बिशाल टोकरीबाट पुष्प र फलको बृष्टि गरिएको छ ।
शान्ति, समृद्धि र प्रगतिको प्रतिकका रुपमा ती फल र फूलहरु प्रदर्शन गरिएको थियो । त्यहाँ उपस्थित नागरिकहरुले राष्ट्रभक्तिका अभिव्यक्तिहरु दिने तथा तियानमेन स्क्वायरको ऐतिहासिकता झल्काउने गरी राखिएका प्राचीन बस्तु, पुराना दरबार तथा बनोटहरु हेर्ने गर्दछन् ।
चोकमा भेला भएका अपार जनसमूहले देशभक्ति तथा राष्ट्रप्रेमले ओतप्रोत भै मौनतापूर्वक उक्त कार्यक्रम अवलोकन गरेका छन् । साथै, चीन भ्रमणमा आएका पर्यटकहरुले समेत सो कार्यक्रम खुशीपूर्वक, अत्यन्तै चाख मानेर हेरेका थिए ।
राष्ट्रिय दिवशको उपलक्षमा चीन सरकारले देशभर साताव्यापी सार्वजनिक बिदाको घोषणा गरेको छ । यस बर्षको परम्परागत चिनियाँ मध्य–शरद पर्व (मिड–अटम फेस्टिभल) वा मून केक फेस्टिभल आगामी अक्टोबर ४ मा पर्दैछ । सो पर्वलाई समेत ध्यानमा राखी उक्त सातदिने सार्वजनिक बिदाको घोषणा गरिएको हो ।
हामी नेपालीको दशैं, तिहारको चाहाड जस्तै चीनमा मिड–अटम वा मून केक फेस्टिभलमा परिवारका सदस्यहरु जहाँ भए पनि एकै ठाउँमा भेला भै मनाउने गरिन्छ । आइतबार बिहानका दृश्यहरु पनि यस्तै रहेका त्यहाँबाट प्राप्त विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी