लन्डन । हिन्दूहरुको महान सांस्कृतिक पर्व दशैं बेलायतका नेपालीले पनि हर्षोल्लासका साथ मनाएका छन् । आश्विन शुक्ल दशमीका दिन शनिबार यहांका नेपालीले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर आर्शिवाद लिए । नेपाली उल्लेख्य बसोवास गर्ने बेलायतका केही शहरस्थित नेपाली मन्दिरमा श्रद्धालुहरु टिका जमरा ग्रहण गर्न व्यस्त देखिन्थे । आफ्ना मान्यजन नहुने नेपालीले मन्दिरमा गएर पण्डितहरुबाट टिका जमरा एवं प्रसाद ग्रहण गरे ।
लन्डन प्लमस्टिडको पशुपतिनाथ मन्दिरमा बिहानै देखि सर्वसाधारण टिका जमरा थाप्न उत्साहित देखिन्थे । मन्दिरमा बिहान ९.२५ को शुभ साइतमा टिका लगाउन शुरु गरिएको थियो ।
विश्व हिन्दू मन्दिर साउथहलमा पनि धुमधामसंग दशमी मनाइयो । त्यहां विश्व हिन्दू महासंघ यूकेका अध्यक्ष चिरन्जिवी ढकालले टिका प्रसाद सहित जमरा प्रदान गरे । पण्डित ढकालले करिब एकसय जना भक्तजनलाई टिका जमरा प्रदान गरिएको जनाए । करिब ३० नेपाली परिवारले मन्दिरमा जमरा राख्न दिएका थिए ।
पश्चिम लन्डनका ६ जना नेपाली पण्डितहरुको संयुक्त प्रयासमा यसपटक घटस्थापनाका दिन सामूहिक जमरा, नवरात्रीसम्म पूजा, भजन कीर्तन, कालरात्री पूजा, वाटफोर्ड कृष्ण मन्दिरबाट फूलपाती भित्रयाउने कार्य, नवमीका दिन ९ वर्ष मुनीका ९ जना कन्याको पूजा एवं अन्तिम दिन घट्स्थापना बिर्सजन तथा टिका कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रमको संयोजक चिरन्जिवी ढकाल थिए ।
अल्डरसटको शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरले पनि टिका कार्यक्रम गरेको थियो ।
उता, हाल बेलायत भ्रमणमा रहेका सम्माननीय प्रधानन्यायधिश गोपाल पराजुलीले पनि लन्डन हन्स्लोमा राजदूत डा. दुर्गाबहादुर सुवेदीसहित सर्वसाधारणलाई टिका तथा जमरा प्रदान गरे ।
दूतावासमा देखिएन दशैं चहलपहल
लन्डनस्थित नेपाली दूतावासमा भने यसपटक दशैं चहलपहल भएन । बेलायतका नेपालीहरुको आस्थाको केन्द्र र अभिभावक ठानिने दूतावासमा विगत वर्षहरुमा दशैंका बेला सर्वसाधारणलाई भोज अथवा टिका वितरण कार्यक्रम हुन्थ्यो । राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यभार सम्हालेको वर्ष दिन पुगिरहंदा उनले लन्डनमा त्यो परम्परा तोडेका हुन् । लन्डनको कार्यक्रम दशैं तिहारबीचमा स्कटल्याण्डमा गर्ने तयारी गरेको बताइएको छ ।
कतिपय अग्रजहरुले वर्षौंदेखि चलिआएको परम्परा यसपटक दूतावासमा नदेख्दा खिन्न महशुस गरेका छन् । शुक्रबारमात्र दूतावासमा प्रधानन्यायधिश पराजुलीको सम्मानमा विशेष रात्रीभोज गरिएकाले कतिपयले त्यसैलाई ‘दशैं रिप्लेसमेन्ट’ पनि ठानेका छन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि