जेनेभा, १३ असोज (रासस-एपी) – एक डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र सङ्घ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ ।
रोहिङ्गा मुसलमान समूहका ती व्यक्ति म्यानमारबाट बङ्गलादेश जाने क्रममा उक्त घटना भएको छ । म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ ।
आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन प्रवक्ता जोएल मिलम्यानले जेनेभामा समाचारदातालाई २३ व्यक्तिको शव भेटिएको अन्य बेपत्ता रहेका बताउनुभएको छ । मिलम्यानका अनुसार यस घटनामा परी अझै पनि ४० व्यक्ति बेपत्ता रहेका छन् ।
गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा शुरु भएको द्वन्द्वको कारण पाँच लाखभन्दा बढी रोहिङ्गा मुसमान बङ्गलादेश पुगेका छन् ।
यसअघि दुई देशको सीमामा पर्ने नाफ नदी पार गर्ने क्रममा सयौँ रोहिङ्गा मुसलमानको मृत्यु भइसकेको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी