जेनेभा, १३ असोज (रासस-एपी) – एक डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र सङ्घ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ ।
रोहिङ्गा मुसलमान समूहका ती व्यक्ति म्यानमारबाट बङ्गलादेश जाने क्रममा उक्त घटना भएको छ । म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ ।
आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन प्रवक्ता जोएल मिलम्यानले जेनेभामा समाचारदातालाई २३ व्यक्तिको शव भेटिएको अन्य बेपत्ता रहेका बताउनुभएको छ । मिलम्यानका अनुसार यस घटनामा परी अझै पनि ४० व्यक्ति बेपत्ता रहेका छन् ।
गत अगस्त २५ बाट म्यानमारको राखिन राज्यमा शुरु भएको द्वन्द्वको कारण पाँच लाखभन्दा बढी रोहिङ्गा मुसमान बङ्गलादेश पुगेका छन् ।
यसअघि दुई देशको सीमामा पर्ने नाफ नदी पार गर्ने क्रममा सयौँ रोहिङ्गा मुसलमानको मृत्यु भइसकेको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार