मुम्बई (नयाँ दिल्ली), १३ असोज (रासस-सिन्ह्वा) – भारतको आर्थिक राजनीति मानिएको सहर मुम्बईमा शुक्रबार बिहान अकस्मात भागदौड मच्चिएपछि त्यसमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ ।
उक्त भागदौडमा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ ।
ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्ककासी भागदौड सुरु भएको थियो ।
मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशनमा सो भागदौड मच्चिएको हो । शुक्रबार बिहान करिब १०ः४५ बजे सो भागदौड मच्चिएको थियो ।
बिहान पानी परिरहेको थियो । त्यस समयमा उक्त स्टेशनमा रेल चढ्न भिड लागेर बसेका नागरिकमा सो भागदौड मच्चिएको प्रहरीले जानकारी दिएको छ ।
भागदौड के कति कारणले मच्चिएको हो भन्ने बारेमा भने केही पनि थाहा हुन सकिरहेको छैन । त्यस समयमा किन त्यसो हुन पुग्यो भन्ने बारेमा आफूले खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
स्थानीय उक्त रेल स्टेशनमा जम्मा भएर रहेका व्यक्तिहरु अकस्मातको ठूलो बर्षापछि ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि त्यहाँ जम्मा भएका सयौँ व्यक्तिबीच भागदौड मच्चिएको थियो ।
त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए । सो क्रममा अहिलेसम्म १५ जनाको ज्यान गएको र अरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
टेलिभिजनहरुले सर्वसाधारण व्यक्तिहरु भूइँमा लडेका, कतिपयले उनीहरुलाई उठाएर अस्पताल लाने तरखर गरेका र कतिपयलाई घटनास्थलमै पानी छम्किएर र प्राथमिक उपचारबाट निको पार्ने कोशिस गरेका दृश्यहरु देखाएका थिए ।
स्थानीय नागरिकहरुका अनुसार सो स्थानमा भागदौड मच्चिने क्रममा कम्तीमा पनि ५०० जना बटुवा सो स्थानमा रहेको देखेको बताएका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने