तिगेलाको एनआरएनए केन्द्रिय सचिव पदमा उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए विश्व सम्मेलन आउन करिब दुई साता बांकी रहंदा आकांक्षीहरु दशैं मनाउन छाडेर चुनावी अभियानमा सक्रिय छन् । यही सिलसिलामा बेलायतवासी एनआरएनए आइसीसी सदस्य विश्वासदीप तिगेलाले केन्द्रिय सचिव पदमा उम्मेदवारी घोषणा गर्ने जनाउंदै आफ्ना केही प्रतिवद्धता सार्वजनिक गरेका छन् । तिगेलाले एनआरएनए अभियानमा आफ्नो अनुभव समेत सार्वजनिक गर्दै आफूलाई जिताउन अपिल गरेका छन् ।

एनआरएन आइसीसी सचिव पदमा मेरो उम्मेदवारी किन ?
– एनआरएन विभिन्न मुलुकमा रहेका, विभिन्न सोच विचार बोक्नेहरुको साझा मंच भएकोले सबैलाई सम्मानजनक रुपमा समेटदै एनआरएनलाई स्थिर ढंगले अगाडी लैजान ।
– भूकम्प पीडितहरुको निम्ति एनआरएनको तर्फबाट निर्माणाधिन योजनाहरु पुरा गर्न ।
– निर्माणाधिन एनआरएन केन्द्रीय कार्यलय सम्पन्न गर्न ।
– राजनैतिक अधिकार सहितको एनआरएन नागरिकताको पहल गर्न ।
– समयअनुकुल एनआरएनलाई सुधार गर्दै सवल र सम्पन्न बनाउन ।
– परोपकारी कार्य थप ब्यवस्थित गर्न, राष्ट्र एवं अन्तर्राष्ट्रमा एनआरएन च्यारिटी फाउण्डेशन संचालन गर्न ।
– विदेशमा आर्जन गरेका ज्ञानशिप मातृभूमीमा सदुपयोग गर्न ।
– विदेशमा रहेका नेपालीहरुको हकहित, अधिकार र भैपरि आउने आपतविपदका बेला चाहिने सहयोग ब्यवस्थापन गर्न ।
प्रतिवद्धता-
संस्थाहरु संचालनका मेरो अनुभवलाई एनआरएनमा सदुपयोग गरि सबैको जित र सम्मान हुनेगरि सहमतिय पद्धतिलाई बढावा दिनेछु । विवाद र मतभेदले अगाडी बढन समस्या हुने भएकोले सिंगो आइसीसी समन्वय परिषदमा विवादरहित वातावरण निर्माण गर्न समन्वयकारी भूमिका निर्वाह गर्नेछु ।
द्धता तथा क्रियाशिलताः
क. विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष (१७ मुलुकमा २४ शाखाहरु)
ख. ६ पुस्तकका लेखक
ग. १ गीति एल्बमका लेखक
घ. ७ जना अन्य साहित्यकारका कृतिहरु ब्यक्तिगत रुपमा प्रकाशक ।
ङ. अत्यन्तै चर्चित र लोकप्रिय झमक घिमिरेको जीवन काँडाकी फूलको प्रकाशन तथा ब्यवस्थापक
च. एक दशक वेलायती गोर्खा सेनाहरुलाई अध्यापन गराएको ।
छ. हाल क्वान्टवरी क्राइसचर्च युनिभर्सिटीमा उच्चशिक्षा अध्ययनरत
सन् २००५ देखि एनआरएनमा आबद्धता- 
अध्यक्षः एनआरएन ब्रुनाई सन् २०११–२०१३,
आइसीसी सदस्य सन् २०१३–२०१५
आइसीसी सदस्य २०१५–२०१७
संयोजक- भाषा तथा साहित्य कार्यदल उपसमिति २०१५–२०१७

प्रतिक्रिया

सम्बन्धित सामाग्री