
टोकियो, १२ असोज (रासस-सिन्ह्वा) – जापानी प्रधानमन्त्रीले यहाँको राजनीतिक प्रणालीबमोजिम शक्तिशाली मानिएको संसदको तल्लो सदन बिघटन गर्नुभएको समाचार छ ।
उहाँले यहाँको प्रतिनिधि सभा बिघटन गरेर आमनिर्वाचनको अर्काे मिति पनि तोक्नुभएको छ । प्राप्त जानकारी अनुसार जापानको अर्काे निर्वाचन आगामी अक्टोबरको २२ तारिखका लागि आह्वान गरिएको छ ।
उहाँले बिहीबारै साँझ आह्वान गरिएको संसद बैठकलगत्तै उक्त सदन बिघटन गर्नुभएको हो । उहाँले संसद बिघटन गर्नसक्ने चर्चा यसअघि नै चलिरहेको थियो ।
बिहीबारको सो बैठकमा सभामुखले संसद बिघटनको सूचनाको बारेमा पनि पढेर सुनाउने कार्यक्रम रहेको थियो । तर सो सभाको बैठक विपक्षी दलहरुले भने बहिस्कार गरेका थिए ।
जापानी प्रतिपक्षीहरुले प्रधानमन्त्रीको सो कदमको बिरोध गरिरहेका छन् । उनीहरुले समय पुग्नुअगावै प्रधानमन्त्रीले संसद बिघटन गर्नुपर्नाको कारण पनि माग गरेका छन् ।
संसद बिघटनको बारेमा प्रधानमन्त्रीले विपक्षीलाई थाहा नदिएको तथा आवश्यक मात्रामा परामर्श पनि नगरेको आरोप विपक्षीहरुको छ ।
उनीहरुले प्रधानमन्त्रीले संसद बिघटन अघि कुनै नीतिगत जानकारीको बारेमा संसदलाई सम्बोधन नगरेको, संसदीय बहस सञ्चालन नगरेको तथा आवश्यक कुनै परामर्शका साथै पत्रकार सम्मेलन पनि आयोजना नगरेको भनी आलोचना गरेका छन् ।
विपक्षीहरुले आवश्यक मात्रामा विपक्षी राजनीतिक दलहरुले पनि निर्वाचको तयारीका लागि समय पनि नरहेको र यसका लागि प्रधानमन्त्रीले पहल नगरेको आरोप प्रधानमन्त्रीमाथि लगाएका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी