बैंकक, १३ असोज (रासस-सिन्ह्वा) – थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक सिनावात्रा हाल दुबईमा रहनुभएको समाचार छ । सो समाचारको बिहीबार थाई प्रधानमन्त्री प्रयुत चान ओचाले पुष्टी गर्नुभएको हो ।
उहाँले बिहीबार थाई विदेशमन्त्रालयको हवला दिँदै सो समाचारको खुलासा गर्नुभएको हो ।
उहाँले भन्नुभयो– हाम्रो विदेश मन्त्रालयले दिएको प्रारम्भिक जानकारीअनुसार उहाँ हाल संयुक्त अरब इमिरेट्सको दुबई सहरमा लुकेर बस्नुभएको छ ।
उहाँलाई यसअघि नै थाइल्याण्डको सर्वाेच्च अदालतले अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर उहाँ अदालतमा हाजिर नभई दुबई भागेको बताइएको थियो ।
उहाँ अदालतमा हाजिर हुन नमानेपछि गत महिना पुनः थाई सर्वाेच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सो पक्राउ पुर्जीको अवज्ञा गरेर उहाँ गत महिना देश छोडेर भाग्नुभएको समाचार आएको थियो ।
गत महिना देश छोडेकी उहाँ हाल दुबईमा रहेको जानकारी गराइएको हो । यो समाचार बिहीबार पहिलो पटक थाई प्रधानमन्त्रीले सार्वजनिक गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले बुधबार मात्र पाँच वर्षको जेल सजाय सुनाएको थियो ।
अदालतको उक्त फैसला लामो समयको सुनुवाईपछि आएको थियो । अदालतले सो फैसला सुनाउदा उहाँ अनुपस्थित हुनुहुन्थ्यो ।
चामल अनुदानसम्बन्धी एक आयोजनामा शिनावात्राले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । सन् २०१४ देखि सो विषयमा अदालती प्रक्रियाबमोजिम नै अनुसन्धान भइरहेको थियो ।
यस अनियमितताबाट कम्तीमा पनि आठ अर्ब अमेरिकी डलर बराबरको रकम अपलचन भएको अदालतको ठहर छ । त्यस बापत थाइल्याण्डले सो रकमको हानी ब्यहोर्नु परेको बताइएको छ ।
उहाँ सन् २०११ मा थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो । सन् २०११ मा भएको आम चुनावमा यिङलकको पू थाई दल अत्यधिक मतका साथ विजयी भएको थियो ।
तर उहाँको सरकारलाई सन् २०१४ मा थाई सेनाले सत्तापलट गरेर हटाएको थियो । तर त्यस अगावै उहाँलाई यहाँको संवैधानिक अदालतले अख्तियारको दुरूपयोग गरेको आरोपमा पदबाट हटाएको थियो ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार