लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेले पर्वत जिल्लाको एक मात्र अपांग मैत्री स्कुल श्री शिवालय उच्च माविमा अध्ययनरत सुस्त मनस्थिति र दृष्टिबिहीन विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ ।
उक्त विद्यालयमा अध्ययनरत सुस्त मनस्थिति भएका र दृष्टिबिहीन विद्यार्थीलाई सहयोग गर्न अभियान थालिएको सोसाइटीका अध्यक्ष दधी आचार्यले जानकारी दिए । अभियानमा हालसम्म ५ लाख रुपैयां संकलन भइसकेको जनाउंदै उनले दाताप्रति आभार व्यक्त गरे । सहयोग रकमलाई अक्षयकोषमा राख्न सकिनेबारे पनि छलफल भइरहेको अध्यक्ष आचार्यले बताए ।
गत आइतबार एम्पायर हल अल्डरसटमा भएको संस्थाको बैठकमा यस अभियान सफल बनाउन अपनाउने रणनीतिक योजनाबारे छलफल भएको छ । बैठकले सो सहयोग संकलन कार्य अझै प्रभावकारी बनाउन निवर्तमान अध्यक्ष नरजंग गुरुङ र वर्तमान अध्यक्ष दधी आचार्यलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
पर्वतकै एक नमुना स्कुल मानिने शिवालय उच्च माविमा हाल १९ जना सुस्त मनस्थिति र दृष्टिबिहीन विद्यार्थी अध्ययनरत छन् । उनीहरुको उज्ववल भविष्यका लागि आफूले बेलायतबाट अभियानको परिकल्पना गरेको जनाउंदै आचार्यले यस कार्यमा सघाउन सबै बेलायतवासी नेपालीमा अपिल गरेका छन् ।
अध्यक्ष आचार्यले ति विद्यार्थीलाई सुत्ने बेड, कम्प्युटर, फोटो कपी मेसिन र प्रिन्टर समेत आवश्यक परेको खबर आएकाले त्यसतर्फ पनि सोचाइ बनाइएको बताए ।
यसैबीच, पर्वत वेलफेयर सोसाइटी लगायत अन्य चार वटा समाजहरुको संयुक्त पहलमा डा. महावीर पुनसंग रात्रीभोज हुने भएको छ । आगामी २७ अक्टोबर सांझ ६ देखि १० बजेसम्म एम्पायर हल अल्डरसटमा पुनको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ रात्रीभोज गर्न लागिएको हो । उक्त अवसरमा पुनसंग अन्तक्रिया गर्ने र यूकेका विभिन्न संघसस्थासंग मिलेर सहयोग गर्ने सम्वन्धमा पनि बैठकमा छलफल भएको थियो ।
बैठकमा अर्को वर्ष २१ अप्रिल २०१८ का दिन पर्वत वेलफेयर सोसाइटी यूकेको वार्षिक भेटघाट कार्यक्रम तय गरिएको छ ।
बैठकमा समाजसेवी तथा पत्रकार हुम गुरुङलाई सम्मान गरिएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि