लण्डन । एनआरएनए यूकेका निवर्तमान कोषाध्यक्ष दीपक श्रेष्ठले गत साता औपचारिक रुपमा आफ्नो कांधबाट जिम्मेवारीको गरुंगो भारी बिसाए । त्यति ठूलो संस्थाको कोषको जिम्मेवारी चानचुने थिएन । तर, उनको कार्यशैलीको सर्वत्र प्रशंसा भयो । यतिसम्मकी एनआरएनए आइसीसी अध्यक्ष डा. शेष घलेले यूके एनसीसीको खुलेर प्रशंसा गरे । घलेले आर्थिक पारदर्शीतामा यूके समिति सबैभन्दा उदाहरणीय भएको बताएपछि श्रेष्ठलाई आफ्नो दुई वर्षे कार्यकाल उपलब्धिमुलक रहेको अनुभूति भएको छ । ‘संस्थाको हरहिसाव चुस्त, दुरुस्त र पारदर्शी होस् भनेर म सधैं सचेत रहें’, श्रेष्ठले भने, ‘कतिपय अवस्थामा कार्यसमितिका साथीहरुसंग म कठोर बनेको भए क्षमा चाहन्छु । वास्तवमा म संस्थाकै हित र प्रतिष्ठाका लागि चिन्तित थिएं ।’
गत आइतबार अल्डरसटस्थित एम्पायर हलमा भएको बुझबुझारथ कार्यक्रममा निवर्तमान अध्यक्ष मुछेत्र गुरुङ र कोषाध्यक्ष श्रेष्ठले केन्द्रिय अध्यक्ष डा. घलेलाई ३९ हजार १८ पाउण्ड ९७ पेन्स (करिब ५२ लाख रुपैयां) को चेक हस्तान्तरण गरेपछि घले कम्ती खुशी भएनन् । ‘यति ठूलो रकमको चेक पाउंदा म धेरै आभारी छु’, घलेले भने, ‘म अगाडि भएर भनेको होइन, दुई वर्षको कार्यकालमा बेलायत एनसीसीले सबैभन्दा उत्कृष्ट काम गरेर देखाएको छ । विश्वका अरु शाखाले पनि यसबाट पाठ सिक्नुपर्छ ।’ बाढी पीडितलाई होस् वा एनआरएनए भवन निर्माणमा सहयोग पठाउन । एनआरएनए यूके नै पहिलो र ‘सिस्टमेटिक’ रहेको भन्दै घलेले यूके शाखाको खुलेर प्रशंसा गरेका थिए ।
एनआरएनए यूकेका हरेक सदस्यको सदस्यता शुल्कबापत आइसिसीलाई बुझाउनुपर्ने ५ डलर र काठमाण्डौमा निर्माणाधिन एनआरएनए भवनका लागि हरेक सदस्यबाट उठाइएको १० डलर गरि संकलित रकम घलेलाई बुझाइएको हो ।
एनआरएनए यूकेको निवर्तमान कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई १ लाख ३६ हजार पाउण्डसहितको बैंक खाता हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए । आइसीसीलाई बुझाइएको रकम, नेपाल हाउसका लागि संकलित रकम र सबै खर्च कटाउंदा समेत एनआरएनए यूकेको खातामा करिब ३८ हजार पाउण्ड वचत रहेको श्रेष्ठले बताए । दुई वर्षअघि कार्यभार सम्हाल्दा करिब ११ हजार पाउण्डसहितको बैंक खाता बुझेकामा छोड्ने बेला ३८ हजार पाउण्ड बनाएर हस्तान्तरण गर्न पाउंदा आफूलाई गौरव लागेको पनि श्रेष्ठले सुनाए ।
निवर्तमान कोषाध्यक्ष श्रेष्ठले दुई वर्षको अवधिमा कोष संकलनका लागि झण्डै डेढ दर्जन कार्यक्रम गरिएको पनि उल्लेख गरे ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी