
नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरी नेपाल र ओमनको कुटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा दुबै मुलुकबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्र आदान प्रदान गर्दै । तस्वीर ः भीष्मराज ओझा, ओमन, रासस
मस्कट (ओमन), ११ असोज (रासस) – नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा आज यहाँ हस्ताक्षर भएको छ ।
मस्टकस्थित ग्राण्ड ह्यात होटलमा एक कार्यक्रमकाबीच नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गर्नुभयो ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मंसुर, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र ओमनका उच्च अधिकारीको समुपस्थितिमा भएको सो सम्झौताबाट दुवै देशबीचको सम्बन्ध थप उचाइमा पुरयाउन कोशेढुंगा सावित हुने बताइएको छ ।
दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेका अवसरमा भएको यस सम्झौताले सम्बन्धमा नयाँ आयाम थपेको प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले बताउनुभयो । सम्झौताबाट दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्ने राम्रो सुरुआत भएको उहाँको धारणा थियो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हुँदै यहाँ आइपुगेको हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमन भ्रमणको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको छ ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा