लन्डन । गत साता सम्पन्न ‘नेपाल आइडल’ का बिजेताहरुलाई बेलायतका नेपालीले प्रत्यक्ष साक्षात्कार गर्न पाउने भएका छन् ।
बेलायतका विभिन्न शहरमा नोभेम्बर पहिलो सातादेखि हुन गइरहेको ‘नेपाल आइडल लाइभ इन यूके’ कार्यक्रमका लागि पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेन्ड रनर अप प्रताप दास र प्रमिला राई यूके आउन लागेका हुन् ।
मनकामना इन्टरनेशनल लिमिटेड, पोखरा ट्राभल र मुनटाज इन्टरनेशनलले पहिलो कार्यक्रम ३ नोभेम्बरका दिन एम्पायर हल अल्डरसट, ४ नोभेम्बरका दिन फोकस्टनको हकिन्ज कम्युनिटी सेन्टर र ५ नोभेम्बरका दिन हयारो लिजर सेन्टरमा कार्यक्रम गर्ने जनाएका छन् । त्यसैगरि, १२ नोभेम्बरमा प्लमस्टिडको एसियन कम्युनिटी हलमा कार्यक्रम हुंदैछ । कार्यक्रम सञ्चालन गर्न नेपाल आइडलकै होस्ट सुशिल नेपाल बेलायत आउने बताइएको छ ।
आयोजकमध्ये एक सम्सारा ग्रुपका निर्देशक राजाराम गिरीले काठमाण्डौंमा एक पत्रकार सम्मेलन गरि बेलायत कार्यक्रमबारे जानकारी दिए । गिरीले विश्वभर लाखौं शुभचिन्तक बटुलेको चर्चित आइडल कार्यक्रमका विजेतालाई बेलायत ल्याउन पाउनु गर्वको विषय भएको बताए । उनले बेलायतवासी सबैलाई कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिन अपिल गरेका छन् ।
बेलायतस्थित एकजना आयोजक पोखरा ट्राभलका निर्देशक ज्ञाम गुरुङले अन्य शहरमा पनि कार्यक्रम गर्ने योजना रहेको बताए ।
बेलायतका नेपालीले पनि नेपाल आइडल प्रतियोगितालाई खुबै चासो दिएका थिए । बुद्ध लामालाई आइडल बनाउन एउटा अभियानलाई एकै व्यक्तिले एक लाख रुपैयां बढि चन्दा दिएको घट्नाले सामाजिक सञ्जाल भरिएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता