ट्युनिस (ट्युनिसिया), ११ असोज (रासस /सिन्ह्वा ) – लिबियाका लागि संयुक्त राष्ट्र संघका महासचिवका बिशेष दूत घसान सलामेले लिबियाको राजनीतिक सङ्कट समाधानका लागि तयार पारिएको नयाँ कार्ययोजना कार्यान्वयनलागि वार्ताको आह्वान गर्नु भएको छ ।
उहाँले लिबियाको चरम सङ्कट समाधान गर्ने पहल स्वरुप पूर्व हस्ताक्षरित राजनीतिक सम्झौता अनुरुप लिबियाली सेनाको प्रधान सेनापति पदमा नव नियुक्ति, नयाँ संबिधानको मस्यौदा, राष्ट्रपतीय परिषदको पुनर्गगठनजस्ता बिषयउपर ट्युनिसियाको राजधानी ट्युनिसमा आयोजित एक बैठकमा छलफल गरिने बताउनु भएको छ ।
गत हप्ता संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न एउटा बैठकमा बिशेष दूत सलामेले एक संसोधित नयाँ कार्य योजनाको मस्यौदा प्रस्तुत गर्नु भएको र राष्ट्र संघको प्रायोजनमा सो कार्यान्वयन गरिने प्रस्ताव समेत राख्नु भएको थियो ।
उक्त प्रस्तावमा राष्ट्र संघको अगुवाइमा लिबियाका सबै राजनीतिक पार्टीहरु सम्मिलित एक बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना गरी नयाँ सम्बिधान लागु गर्ने तथा राष्ट्रपतीय र संसदीय निर्वाचन सम्पन्न गर्ने कार्य योजना समेत उल्लेख गरिएको छ ।
लामो समयदेखि चल्दै आइ रहेको राजनीतिक सङ्कटको स्थायी समाधानका लागि मोरक्कोको एक नगर स्किरातमा सन् २०१५ को डिसेम्बरमा लिबियाका आन्दोलनरत दलहरु तथा सरकारबीच एक राजनीतिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको र सो शान्ति सम्झौता ‘स्किरात पोलिटिकल एग्रिमेन्ट’ को नामबाट परिचित छ ।
सो सम्झौता कार्यान्वयन गर्ने दिशामा प्रथम चरणको कार्य शुरु हुन लागेको र यो कार्य सम्पन्न गर्न लिबियाली संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) तथा लिबियाली उच्च परिषद्लाई सुम्पिइने समेत बिशेष दूत सलामेले बताउनु भयो ।
कच्चा पेट्रोलियम इन्धनको प्रमुख उत्पादकहरुमध्ये एक मानिने उत्तर अफ्रिकी राष्ट्र लिबियामा सन् २०११ मा पूर्व राष्ट्रपति मुअम्मर गद्दाफिलाई अपदस्थ गरिएपछि उत्पन्न भएको उथलपुथलले राजनीतिक सङ्कटको रुप लिएपछि त्यहाँ चरम अस्थिरता, आन्तरिक खिँचातानी, कलह र अशान्तिले जरो गाडेको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा