ट्युनिस (ट्युनिसिया), ११ असोज (रासस /सिन्ह्वा ) – लिबियाका लागि संयुक्त राष्ट्र संघका महासचिवका बिशेष दूत घसान सलामेले लिबियाको राजनीतिक सङ्कट समाधानका लागि तयार पारिएको नयाँ कार्ययोजना कार्यान्वयनलागि वार्ताको आह्वान गर्नु भएको छ ।
उहाँले लिबियाको चरम सङ्कट समाधान गर्ने पहल स्वरुप पूर्व हस्ताक्षरित राजनीतिक सम्झौता अनुरुप लिबियाली सेनाको प्रधान सेनापति पदमा नव नियुक्ति, नयाँ संबिधानको मस्यौदा, राष्ट्रपतीय परिषदको पुनर्गगठनजस्ता बिषयउपर ट्युनिसियाको राजधानी ट्युनिसमा आयोजित एक बैठकमा छलफल गरिने बताउनु भएको छ ।
गत हप्ता संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न एउटा बैठकमा बिशेष दूत सलामेले एक संसोधित नयाँ कार्य योजनाको मस्यौदा प्रस्तुत गर्नु भएको र राष्ट्र संघको प्रायोजनमा सो कार्यान्वयन गरिने प्रस्ताव समेत राख्नु भएको थियो ।
उक्त प्रस्तावमा राष्ट्र संघको अगुवाइमा लिबियाका सबै राजनीतिक पार्टीहरु सम्मिलित एक बृहत् राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना गरी नयाँ सम्बिधान लागु गर्ने तथा राष्ट्रपतीय र संसदीय निर्वाचन सम्पन्न गर्ने कार्य योजना समेत उल्लेख गरिएको छ ।
लामो समयदेखि चल्दै आइ रहेको राजनीतिक सङ्कटको स्थायी समाधानका लागि मोरक्कोको एक नगर स्किरातमा सन् २०१५ को डिसेम्बरमा लिबियाका आन्दोलनरत दलहरु तथा सरकारबीच एक राजनीतिक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको र सो शान्ति सम्झौता ‘स्किरात पोलिटिकल एग्रिमेन्ट’ को नामबाट परिचित छ ।
सो सम्झौता कार्यान्वयन गर्ने दिशामा प्रथम चरणको कार्य शुरु हुन लागेको र यो कार्य सम्पन्न गर्न लिबियाली संसदको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) तथा लिबियाली उच्च परिषद्लाई सुम्पिइने समेत बिशेष दूत सलामेले बताउनु भयो ।
कच्चा पेट्रोलियम इन्धनको प्रमुख उत्पादकहरुमध्ये एक मानिने उत्तर अफ्रिकी राष्ट्र लिबियामा सन् २०११ मा पूर्व राष्ट्रपति मुअम्मर गद्दाफिलाई अपदस्थ गरिएपछि उत्पन्न भएको उथलपुथलले राजनीतिक सङ्कटको रुप लिएपछि त्यहाँ चरम अस्थिरता, आन्तरिक खिँचातानी, कलह र अशान्तिले जरो गाडेको थियो ।
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
१७ नेपालीले पूरा गरे ‘लन्डन टु पेरिस’ च्यारिटी साइकलयात्रा
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?