लन्डन । ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक तथा व्यारिष्टर सूर्य सुवेदीले संयुक्त राष्ट्र संघको एउटा उच्चस्तरीय बैठकलाई संबोधन गर्नुभएको छ ।
गत सेप्टम्बर २२ तारिखका दिन न्यूयोर्कमा आयोजित बैठकमा उहाँले विश्वव्यापी लगानी कानुन तथा नीतिबारे व्याख्यान दिनुभएको हो । विभिन्न मुलुकका मन्त्रीहरु, राजदूतहरु तथा सरकारी प्रतिनिधिहरु सहभागी उच्चस्तरीय बैठकलाई संबोधन गर्दै प्रा. सुवेदीले बदलिंदो विश्वमा वैदेशिक लगानीलाई व्यवस्थित गर्ने नीतिगत विकल्पहरुबारे बोल्नुभएको थियो ।
उहाँले लगानी सुरक्षालाई वातावरणीय तथा मानव अधिकारको सुरक्षासंग जोडनु पर्ने बताउँदै त्यसकालागि विभिन्न सुझावहरु पनि दिनुभयो । उहाँको पुस्तक ‘इन्टरन्याशनल इन्भेस्टमेन्ट ल: रिकन्साइलिङ पलिसि एण्ड प्रिन्सिपल’ को अहिलेसम्म तेश्रो संस्करण प्रकाशित भैसकेको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ