लन्डन । ब्रिटेनको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक तथा व्यारिष्टर सूर्य सुवेदीले संयुक्त राष्ट्र संघको एउटा उच्चस्तरीय बैठकलाई संबोधन गर्नुभएको छ ।
गत सेप्टम्बर २२ तारिखका दिन न्यूयोर्कमा आयोजित बैठकमा उहाँले विश्वव्यापी लगानी कानुन तथा नीतिबारे व्याख्यान दिनुभएको हो । विभिन्न मुलुकका मन्त्रीहरु, राजदूतहरु तथा सरकारी प्रतिनिधिहरु सहभागी उच्चस्तरीय बैठकलाई संबोधन गर्दै प्रा. सुवेदीले बदलिंदो विश्वमा वैदेशिक लगानीलाई व्यवस्थित गर्ने नीतिगत विकल्पहरुबारे बोल्नुभएको थियो ।
उहाँले लगानी सुरक्षालाई वातावरणीय तथा मानव अधिकारको सुरक्षासंग जोडनु पर्ने बताउँदै त्यसकालागि विभिन्न सुझावहरु पनि दिनुभयो । उहाँको पुस्तक ‘इन्टरन्याशनल इन्भेस्टमेन्ट ल: रिकन्साइलिङ पलिसि एण्ड प्रिन्सिपल’ को अहिलेसम्म तेश्रो संस्करण प्रकाशित भैसकेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता