सोल, १० असोज (रासस-एएफपी) – संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछिको अवस्था अत्यन्तै खतरापूर्ण रहेकोले यसको समाधानमा सुझबुझ अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभयो– ‘परिस्थिति पहिलेको जस्तो छैन, अहिलेको झनभन्दा झन खतरा बढ्दैछ, यसको समाधानमा संयमता अपनाउनु जरुरी छ ।’
उहाँले कुनै पनि आकस्मिक द्वन्द्व वा झडपको अवस्था नआओस र शान्तिपूर्ण रुपले यो समस्याको समाधान होस् भनेर यसका सरोकारवालाहरुले सोच्नुपर्नेमा पनि जोड दिनुभयो ।
दक्षिण कोरियाको एक निजी क्षेत्रको व्यापारिक संस्था ‘फेडरेशन अफ कोरियन इन्डस्ट्रिज’ ले मंगलबार राजधानी सोलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्न्नुभएको हो ।
उहाँले भन्नुभयो– ‘सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि दुई कोरियाका बीचका कैयौँ उतार चढावहरु आएका छन्, कतिपयले त्यसलाई खतराको रुपमा पनि लिए तर सबैभन्दा ठूलो खतरा भने यतिबेला आएको छ ।’
उहाँले यस्तो अवस्था यसअघि कहिल्यै नआएको र यतिबेला युद्धकै अवस्था देखिएको भन्दै यसलाई द्वन्द्वमा नभएर शान्तिमा र शान्तिपूर्ण समस्या समाधानमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो ।
यसलाई बान कि मुनले अत्यन्तै खतराको संकेत भन्नुभएको हो । ‘यसरी हाइड्रोजन बमको परीक्षण गर्ने कामलाई सामान्य रुपले लिनु हुँदैन र यसको समाधान हतियार नै हो भनेर खोजिनु पनि हुँदैन’ – उहाँको भनाई थियो ।
उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएकोले यसबाट आगामी दिनमा खतरा झन नथपियोस् भनेर प्रार्थना गर्नुपर्ने उहाँको भनाई थियो ।
उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बमभन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।
उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित भएपछि संसारमा निकै ठूलो त्रास फैलिएको छ ।
उता उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी समेत दिएको छ । उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकाले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो ।
यता उत्तर कोरियाले पुनः आणविक परीक्षणको धम्की दिने र उता अमेरिकी राष्ट्रपतिले झन शान्तिपूर्ण समाधान होइन कि उत्तर कोरियालाई ध्वस्त पार्नुपर्छ भन्नेजस्ता अभिव्यक्ति आएकोले पूर्व महासचिव बान कि मुनको पनि यो प्रतिक्रिया आएको हो ।
फेरि अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने धम्की दिएको हो ।
उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिनुभएको हो ।
त्यसैले यो द्वन्द्वको शृंखलालाई अरु बढ्न नदिई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्काे नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताउनुभएको थियो ।
उत्तर कोरियाले सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुने र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिने जानकारी दिएको छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता