लन्डन । नेपालको समृद्धिका लागि तल्लीन बेलायतीहरुको च्यारिटी संस्था ‘सपोर्ट नेपाल यूके’ ले गत आइतबार एक च्यारिटी डिनर कार्यक्रम गरेको छ । लङबरो हल, स्टोकनचर्च हाइवेकम्बमा ‘एल्भिस च्यारिटी डिनर नाइट’ भएको हो । स्थानीय बेलायतीको बाहुल्यता रहेको उक्त च्यारिटी कार्यक्रमको संयोजन सहारा यूकेका संस्थापक एवं सपोर्ट नेपाल यूकेका संयोजक नवीन गुरुङले गरेका थिए । च्यारिटीबाट करिब ३ हजार पाउण्ड संकलन भएको छ ।
स्याङजाको डांडास्वारामा वेलफेयर सेन्टर निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले कार्यक्रम गरिएको संयोजक नवीन गुरुङले बताए । बकिङहामसायरवासी बेलायती यस च्यारिटी संस्थामा आवद्ध छन् र अहिले ६ जना ट्रष्टी राखिएको छ ।
बेलायत र नेपाली समुदायबीच अन्तरघुलन गराउने लक्ष्य संस्थाले लिएको छ । बेलायती पर्यटकलाई नेपालमा ‘होम स्टे’ र ‘च्यारिटी टुरिस्ट’ प्रोत्साहित गर्ने संस्थाको उद्देश्य छ । संस्थाले सडक वालवालिकाको रेखदेख गरिरहेको सहारा एकेडेमीलाई पनि आर्थिक सहयोग गर्ने बताइएको छ । बकिङहामसायरस्थित केही बेलायती विश्वविद्यालयका विद्यार्थीलाई ‘ग्याप इयर’ मा नेपाल लैजाने र नेपालबाट पनि विद्यार्थीलाई बेलायत बोलाएर ‘आइडिया’ आदानप्रदान गर्ने योजना बनाइएको संयोजक गुरुङले जनाए ।
उक्त अवसरमा गोर्खा पाइपरको धुन, गायक एल्भिसको जोकसहितको प्रत्यक्ष गायन, राफल ड्र, लिलाम बढाबढ र रोयल ओकबाट उपलब्ध स्वादिष्ट खानामा सहभागी रमाएका देखिन्थे ।
एक्ला डलर अर्बपति विनोद चौधरीद्धारा लिखित आत्मकथाको विमोचन
कार्यक्रममा नेपालका एक्ला डलर अर्बपति विनोद चौधरीद्धारा लिखित आत्मकथाको विमोचन समेत गरियो । सामाजिक अभियन्ताहरु चिरन्जिवी ढकाल, कृष्ण तिमल्सेना, नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारी, सहारा यूकेका अध्यक्ष मिनबहादुर गुरुङ साइंला, पूर्व अध्यक्ष दिलिप गुरुङ र संस्थापक अध्यक्ष नवीन गुरुङले चौधरीको कृति ‘मेकिङ इट बीग’ विमोचन गरेका थिए । उद्योगपति चौधरीले पुस्तक विक्रीबाट आएको रकम सहारा यूकेलाई दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त अवसरमा नेपाल पर्यटन बोर्ड यूकेका प्रतिनिधि पशुपति भण्डारीले सहभागी बेलायतीलाई नेपाल पर्यटन सम्वन्धि सामाग्री निशुल्क वितरण गरेका थिए ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान