बेलायतमा बनाइएको ‘हयाप्पी डेज’ को गीत सार्वजनिक

लन्डन । बेलायतका व्यवसायीहरुले निर्माण गरेको र यहीं छायांकन गरिएको चलचित्र ‘हयाप्पी डेज’ को एउटा लोक शैलीको गीत सार्वजनिक गरिएको छ ।

नेपालीहरुको महान चाड वडा दशैंको अवसर पारेर ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको संगीत र शब्द एवं सिवाकोटी र अन्जु पन्तको स्वर छ ।

भिडियोमा अहिलेका लोकप्रिय नायक दयाहाङ राई र अभिनेत्री दिया पुनले नृत्य गरेका छन् ।

हयाप्पी डेजमा दयाहाङ राइ, प्रियंका कार्की, सञ्जय गुप्ता, बिक्की जोशी लगायतका कलाकारको अभिनय छ । उक्त फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा सम्राट बस्नेतको एक्सन रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

‘हयाप्पी डेज’ मा वीपी खनाल, भवानी शर्मा, हिरल जोशी र मिलन चाम्सले लगानी गरेका छन् ।

गीतको भिडियो यस्तो छः

प्रतिक्रिया

सम्बन्धित सामाग्री