लन्डन । परदेशी जीवनको व्यस्त समयको चटारोलाई पन्छाउँदै फेरि वर्ष दिनपछि आएको विसं २०७४ सालको दशैंको अवसरमा स्यान्डहस्ट नेपलिज कम्युनिटीको दशैं पार्टी शनिवार सम्पन्न भएको छ ।
स्यान्डहस्ट मेमोरियल पार्कस्थित सामुदायिक भवनमा अपरान्ह ४ बजे देखि कार्यक्रम शुरु भएको थियो । समाजका अध्यक्ष रामकुमार लिम्बु र प्रमुख अतिथि मेजर रिटायर्ड टिकेन्द्र दल देवानबाट दीप प्रज्वलन गरिएपछि समाजका महासचिव तारा वनेम एवं सहसचिव समशेर वनेमले औपचारिक कार्यक्रम शुभारम्भ गरेका थिए ।
नेपाल र बेलायतको राष्ट्रिय गीत बजेपछि समाजका सदस्य मुकेश राईले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । त्यसपछि शुरु भएको मनोरञ्जनात्मक कार्यक्रम संस्थाका सदस्य एवं समितिका मनोरन्जन को-अर्डिनेटर रामकृष्ण जिमीले सञ्चालन गरेका थिए । जसमा स्यान्डहस्टकै नानीहरुले अत्यन्तै मनोरन्जनात्मक नेपाली संस्कृति झल्किने नृत्य र गीतहरु प्रस्तुत गरे । कार्यक्रममा सुश्री हेन्जेला लिम्बुले मीठो स्वरमा अंग्रेजी गीत प्रस्तुत गरी सबैलाई चकित तुल्याइन् ।
कार्यक्रममा विभिन्न प्रकारका पेय पदार्थ बलराम गुरुङ र मीना गुरुङले ब्यवस्थापन गरेका थिए भने दसैं विशेष परिकार थाली, थाली रेस्टुरेन्टका सूर्य गुरुङले ब्यवस्थापन गरेका थिए ।
बेलायतको आवासीय अधिकार (पिआर) पाएपछि बेलायतको विभिन्न स्थानमा जस्तै स्यान्डहस्टमा पनि ब्रिटिश गोर्खामा कार्यरत सिपाही र परिवारहरुको घना आवादी छ । उक्त क्षेत्रमा विशेष गरि जिइनर्जी नामक कम्पनीले अत्यावश्यक ग्यास र इलेक्ट्रिक सुविधा आपूर्ति गर्दै आएको छ ।
स्यान्डहस्टवासी झन्डै २८ घरले जिइनर्जीबाट सेवा लिएवापत ५६० पाउन्ड यसै कार्यक्रमको अवसरमा प्रमुख अतिथिले समाजका अध्यक्ष लिम्बुलाई हस्तान्तरण गरे । यस विषयमा समाजका सदस्य हिरण्य राईले जानकारी दिएका थिए ।
प्रमुख अतिथी मेजर रिटायर्ड टिकेन्द्र दल देवानले कार्यक्रममा उपस्थित भएर दसैंको शुभकामना आदान प्रदान गर्न पाउंदा ज्यादै हर्ष लागेको बताउंदै सम्पूर्ण स्यान्डहस्टवासीप्रति धन्यवाद व्यक्त गरे ।
स्यान्डहस्ट नेप्लिज समाजका अध्यक्ष राम कुमार लिम्बुले उपस्थित सम्पूर्ण महानुभावहरुमा दसैंको शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल पार्न सघाउने सबैप्रति धन्यवाद ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका निम्ति नेत्र थापा (स्यान्डहस्ट समाजका उपाध्यक्ष), मिन राई, जुरेन्द्र राई, हिराधन राई, भालुमान वानेम, दुर्गा रामजाली र सूर्य गुरुङ (थाली थाली रेस्टुरेन्ट) लगायतले प्रायोजन गरेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि