लन्डन । परदेशी जीवनको व्यस्त समयको चटारोलाई पन्छाउँदै फेरि वर्ष दिनपछि आएको विसं २०७४ सालको दशैंको अवसरमा स्यान्डहस्ट नेपलिज कम्युनिटीको दशैं पार्टी शनिवार सम्पन्न भएको छ ।
स्यान्डहस्ट मेमोरियल पार्कस्थित सामुदायिक भवनमा अपरान्ह ४ बजे देखि कार्यक्रम शुरु भएको थियो । समाजका अध्यक्ष रामकुमार लिम्बु र प्रमुख अतिथि मेजर रिटायर्ड टिकेन्द्र दल देवानबाट दीप प्रज्वलन गरिएपछि समाजका महासचिव तारा वनेम एवं सहसचिव समशेर वनेमले औपचारिक कार्यक्रम शुभारम्भ गरेका थिए ।
नेपाल र बेलायतको राष्ट्रिय गीत बजेपछि समाजका सदस्य मुकेश राईले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए । त्यसपछि शुरु भएको मनोरञ्जनात्मक कार्यक्रम संस्थाका सदस्य एवं समितिका मनोरन्जन को-अर्डिनेटर रामकृष्ण जिमीले सञ्चालन गरेका थिए । जसमा स्यान्डहस्टकै नानीहरुले अत्यन्तै मनोरन्जनात्मक नेपाली संस्कृति झल्किने नृत्य र गीतहरु प्रस्तुत गरे । कार्यक्रममा सुश्री हेन्जेला लिम्बुले मीठो स्वरमा अंग्रेजी गीत प्रस्तुत गरी सबैलाई चकित तुल्याइन् ।
कार्यक्रममा विभिन्न प्रकारका पेय पदार्थ बलराम गुरुङ र मीना गुरुङले ब्यवस्थापन गरेका थिए भने दसैं विशेष परिकार थाली, थाली रेस्टुरेन्टका सूर्य गुरुङले ब्यवस्थापन गरेका थिए ।
बेलायतको आवासीय अधिकार (पिआर) पाएपछि बेलायतको विभिन्न स्थानमा जस्तै स्यान्डहस्टमा पनि ब्रिटिश गोर्खामा कार्यरत सिपाही र परिवारहरुको घना आवादी छ । उक्त क्षेत्रमा विशेष गरि जिइनर्जी नामक कम्पनीले अत्यावश्यक ग्यास र इलेक्ट्रिक सुविधा आपूर्ति गर्दै आएको छ ।
स्यान्डहस्टवासी झन्डै २८ घरले जिइनर्जीबाट सेवा लिएवापत ५६० पाउन्ड यसै कार्यक्रमको अवसरमा प्रमुख अतिथिले समाजका अध्यक्ष लिम्बुलाई हस्तान्तरण गरे । यस विषयमा समाजका सदस्य हिरण्य राईले जानकारी दिएका थिए ।
प्रमुख अतिथी मेजर रिटायर्ड टिकेन्द्र दल देवानले कार्यक्रममा उपस्थित भएर दसैंको शुभकामना आदान प्रदान गर्न पाउंदा ज्यादै हर्ष लागेको बताउंदै सम्पूर्ण स्यान्डहस्टवासीप्रति धन्यवाद व्यक्त गरे ।
स्यान्डहस्ट नेप्लिज समाजका अध्यक्ष राम कुमार लिम्बुले उपस्थित सम्पूर्ण महानुभावहरुमा दसैंको शुभकामना ब्यक्त गर्दै कार्यक्रम सफल पार्न सघाउने सबैप्रति धन्यवाद ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रमका निम्ति नेत्र थापा (स्यान्डहस्ट समाजका उपाध्यक्ष), मिन राई, जुरेन्द्र राई, हिराधन राई, भालुमान वानेम, दुर्गा रामजाली र सूर्य गुरुङ (थाली थाली रेस्टुरेन्ट) लगायतले प्रायोजन गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने