बर्लिन, ९ असोज (रासस-एएफपी) – जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित हुनुभएको छ ।
तर उहाँको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको बताइएको छ ।
उहाँले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्काे राजनीतिक दलको सहयोग चाहिने छ ।
प्राप्त समाचारहरुका अनुसार उहाँको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलकारुपमा मत ल्याउने अर्काे दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ ।
विश्लेषकहरुले उहाँको दलले गएको करिब ७० बर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन् ।
तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रुपमा रहने घोषणा गरिसकेको छ । त्यसैले मार्केलले सरकार गठनका लागि अर्काे दलको सहायता लिनुपर्ने छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने