लन्डन । एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका तीन चर्चित श्रष्टालाई एक समारोहबीच सम्मान गरेको छ । आइतबार एम्पायर हलमा आयोजित कार्यक्रममा चर्चित आख्यानकार अमर न्यौपाने, वरिष्ठ कवि गोविन्दराज विनोदी तथा गजलकार रवि प्राञ्जललाई सम्मान गरिएको हो ।
सम्मान गरेकामा श्रष्टाहरुले संघप्रति आभार व्यक्त गर्दै बेलायतको नेपाली डायस्पोरा साहित्यका लागि उर्वर भूमि बन्दै गएको धारणा राखे । कार्यक्रममा न्यौपानेले आफ्नो पहिलो कृति पानीको घामका केही अंश सुनाएका थिए । उनका सेतो धरती र करोडौं कस्तुरी चर्चित उपन्यास हुन् । सेतो धरतीले मदन पुरस्कार समेत पाइसकेको छ ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विनोदी र प्राञ्जलले संक्षिप्त मन्तव्यसहित गजल सुनाएका थिए ।
उक्त कार्यक्रमको संयोजन एनआरएनए यूकेका भाषा साहित्य विभाग प्रमुख नारायण गाउंलेले गरेका हुन् । कार्यक्रममा अध्यक्ष फगामी, एनआरएनए युरोप पूर्व उपसंयोजक सोम सापकोटा, एनआरएन आइसीसी भाषा साहित्य कार्यदलका संयोजक विश्वासदीप तिगेला लगायतले बोलेका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि