लन्डन । एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका नेपालका तीन चर्चित श्रष्टालाई एक समारोहबीच सम्मान गरेको छ । आइतबार एम्पायर हलमा आयोजित कार्यक्रममा चर्चित आख्यानकार अमर न्यौपाने, वरिष्ठ कवि गोविन्दराज विनोदी तथा गजलकार रवि प्राञ्जललाई सम्मान गरिएको हो ।
सम्मान गरेकामा श्रष्टाहरुले संघप्रति आभार व्यक्त गर्दै बेलायतको नेपाली डायस्पोरा साहित्यका लागि उर्वर भूमि बन्दै गएको धारणा राखे । कार्यक्रममा न्यौपानेले आफ्नो पहिलो कृति पानीको घामका केही अंश सुनाएका थिए । उनका सेतो धरती र करोडौं कस्तुरी चर्चित उपन्यास हुन् । सेतो धरतीले मदन पुरस्कार समेत पाइसकेको छ ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विनोदी र प्राञ्जलले संक्षिप्त मन्तव्यसहित गजल सुनाएका थिए ।
उक्त कार्यक्रमको संयोजन एनआरएनए यूकेका भाषा साहित्य विभाग प्रमुख नारायण गाउंलेले गरेका हुन् । कार्यक्रममा अध्यक्ष फगामी, एनआरएनए युरोप पूर्व उपसंयोजक सोम सापकोटा, एनआरएन आइसीसी भाषा साहित्य कार्यदलका संयोजक विश्वासदीप तिगेला लगायतले बोलेका थिए ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय