
लन्डन । १४ देखि १७ अक्टोबरसम्म काठमाण्डौंमा हुन लागेको ८ औं एनआरएनए आइसीसी विश्व सम्मेलनले यतिखेर महोल तातेको छ । एनसीसीको निर्वाचनपछि अब केन्द्रमा आकांक्षा गर्नेहरुले उम्मेदवारी घोषणा र अभियान तीव्र बनाएका छन् ।
यसै क्रममा आइतबार एनआरएनए यूकेको बुझबुझारथ कार्यक्रममा झण्डै आधा दर्जनले केन्द्रमा विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरे । केन्द्रिय अध्यक्ष शेष घले सहभागी उक्त कार्यक्रममा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङले कोषाध्यक्ष, एनआरएन युरोप संयोजक कुल आचार्यले उपाध्यक्ष, एनआरएन आइसिसी सल्लाहकार त्रिलोक गुरुङले महासचिव, सोनाम लामाले उपाध्यक्ष, आइसिसी प्रवक्ता रञ्जु थापाले महिला उपाध्यक्ष, आइसीसी सदस्य विश्वासदीप तिगेलाले सचिव, थर्क सेनले युरोप संयोजक, बिजन भट्टले युरोप उपसंयोजक र सोम सापकोटाले सह-कोषाध्यक्षमा आफ्नो उम्मेदवारी दिने घोषणा गरेका थिए । कार्यक्रममा उनीहरुले संक्षिप्त रुपमा आ-आफ्ना प्रतिवद्धता समेत व्यक्त गरे ।
एनआरएन युरोप संयोजक आचार्यले आउंदो आइतबार लन्डनमा एक पत्रकार सम्मेलन गरि औपचारिक उम्मेदवारी घोषणा गर्ने बताएका छन् । यसअघि बेलायतबाटै संगीता मरहट्ठाले युरोप क्षेत्रीय महिला उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
एनआरएनए केन्द्रको नयां नेतृत्वका लागि अध्यक्षमा भवन भट्ट बलियो दावेदारका रुपमा छन् । उनलाई उपाध्यक्ष कुमार पन्तले सघाउने आंकलन छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ