लन्डन । बेलायती महारानी एलिजावेथ द्वितियका कजिन, राजा जर्ज फाइभ र रानी म्यारीका नाति प्रिन्स माइकल अफ केन्टसहित नेपाली व्यवसायी डा. कपिल रिजालको एक प्रतिनिधिमण्डल फिनल्याण्ड प्रस्थान गरेको छ । ब्रिटिश एण्ड कमनवेल्थ च्याम्बर अफ कमर्स इन फिनल्याण्डले २५ देखि २८ सेप्टेम्बरसम्म फिनल्याण्डमा गर्न लागेको व्यापार व्यवसाय सम्वन्धि विशेष कार्यक्रममा सहभागी हुन माइकल अफ केन्ट, नेपाली सफल व्यवसायी तथा समाजसेवी डा. कपिल रिजाल र अन्य आधा दर्जन बेलायती व्यवसायी त्यता प्रस्थान गरेका हुन् ।
यूके र युरोपका साना तथा मध्यम व्यवसायीहरुको सहयोग, सम्वन्ध विस्तार तथा व्यवसायीलाई विदेशमा आफ्ना उत्पादनको बजार विस्तार गर्ने कार्यमा सघाउने जेनेसिस इनिसियटिभ डट अर्गका संरक्षक प्रिन्स माइकल अफ केन्ट महारानीले नभ्याएका समारोहमा रानीलाई प्रतिनिधित्व गर्दै जाने गर्छन् ।
डा. रिजाल जेनेसिस इनिसियटिभ डट अर्गका क्रियाशिल सदस्य भएकाले माइकल अफ केन्टसंग विशेष सम्वन्ध छ । डा. रिजालले नेपालमा महाभूकम्प जांदा माइकल अफ केन्टलाई नै प्रमुख अतिथी बनाएर लन्डनस्थित नेपाली दूतावासमा च्यारिटी कार्यक्रम गरेका थिए । गत नोभेम्बर २०१५ मा भएको उक्त च्यारिटीमा नेपाली दूतावासका कर्मचारी, सांसदहरु जेराल्ड होवार्थ, मिसल डोनालेन्ड, क्रिस डेभिस, तत्कालिन बेलायती कानुन मन्त्री माइकल गोभ लगायत विदेशी कूटनीतिज्ञहरु सहभागी थिए ।
बेलायतका राजनीतिज्ञ र दरबारसंग निकट रहेको ठानिने डा. रिजाल सफल मेडिकल व्यवसायी हुन् । नेपाली चलचित्र उद्योगमा समेत संलग्न रिजालले फिनल्याण्ड सम्मेलनमा नेपालको पर्यटन र अन्य व्यवसायमा युरोपका व्यवसायीलाई लगानी गर्न उत्प्रेरित गर्ने अपेक्षा छ । उनले नेपाल र नेपालीलाई चिनाउन तथा फिनल्याण्डबाट नेपाललाई सहायता वृद्धिको वातावरण बनाउन भूमिका निर्वाह गर्ने बताए ।
डा. रिजाल सरी हिथका व्यवसायीहरुको क्लव सरी हिथ पार्लियामेन्ट्री लन्चियन क्लबका उपाध्यक्ष समेत हुन् । उक्त संस्थाले क्लवका मेम्बर र पार्लियामेन्टबीच सम्वन्ध विस्तार र स्थानीय व्यवसायीलाई सांसदहरुसंग निकट सम्वन्ध बनाउन सहयोग गरिरहेको छ । सन् १९७४ मा स्थापना भएको उक्त संस्थाले वर्षमा ५ वटा बैठक बेलायती मन्त्री र सांसदहरुसंग गर्ने गर्छ र बैठक हाउस अफ कमन्समा हुन्छ ।
डा. रिजालले यही जनवरीबाट अध्यक्ष भएर उक्त संस्थाको नेतृत्व सम्हाल्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने