२३ सेप्टेम्बर २०१७ – अल्पविकसित मुलुकहरुमा कृयाशील नागरिक समाज मन्चहरुको छाता संगठन ‘एलडिसी वाच’ ले यही सेप्टेम्बर महिनाको अन्तिम साता विश्व व्यापार संगठनको पब्लिक फोरममा एउटा अन्तरकृया कार्यक्रम आयोजना गर्न लागेको छ।
आउँदो २६ सेप्टेम्बर मंगलबार ११:३०-१३:०० बजेसम्म जेनेभाको WTO Building, Room D मा सो छलफल कार्यकम हुने आयोजकहरुले जनाएका छन्। ‘बदलिँदो व्यापार परिदृश्यमा समावेशी विश्व व्यापार प्रणाली’ विषयक अन्तरकृया कार्यक्रममा डेम्बा मुसा डेम्बेले, अध्यक्ष, एलडिसी वाच, डा. बर्नार्ड फुनु चिगुआ, अनुसन्धान निर्देशक, तेश्रो विश्व मन्च, सेनेगल, गौरी प्रधान, अन्तर्राष्ट्रिय समन्वयकर्ता, एलडिसी वाच, तथा जेनेभास्थित इन्ह्यान्सड इन्टिग्रेटेड फ्रेमवर्कका कार्यकारी निर्देशक डा. रत्नाकर अधिकारी वक्ताको रुपमा रहनुभएको छ।
‘नेपालजस्ता भूपरिवेष्ठित देखि गिनी बिसाउ एवम् लेसोथो जस्ता अफ्रिकी मुलुकहरुलाई विश्व व्यापारमा अघि बढ्न सहयोगको खाँचो छ। त्यो उनीहरुको हक पनि हो। अल्पविकसित मुलुकहरुलाई विश्व व्यापारमा तिनको हक दिलाउन विकसित मुलुकहरु तथा दातृसंस्थाहरुको ध्यानाकर्षण गर्नकालागि यो अन्तरकृयाको आयोजना गर्न लागिएको हो’, एलडिसी वाचका अन्तर्राष्ट्रिय समन्वयकर्ता गौरी प्रधानले भन्नुभयो। ‘विकासशील मुलुकहरुबीच व्यापार बढाउने तथा अल्पविकसित मुलुकहरुकालागि एउटा सहुलियतपूर्ण व्यापार प्रणालीको विकास गर्न पनि हामीले जोड दिनेछौं’, उहाँले भन्नुभयो।
त्यसैगरी जेनेभास्थित इन्ह्यानसड इन्टिग्रेटेड फ्रेमवर्कका कार्यकारी निर्देशक डा. रत्नाकर अधिकारीले भन्नुभयो, ‘अहिलेको सन्दर्भमा विश्व व्यापारको अनुचित आलोचना भैरहेका बेला यसको वैधता तथा व्यावहारिक उपादेयता बढाउन व्यापारलाई समावेशी बनाउनु सिवाय अर्को विकल्प छैन। यस्तो अपेक्षा इस्तान्बुल प्रोग्राम अफ एक्शन तथा दीगो विकास लक्ष्य लगायतका अन्तर्राष्ट्रिय विकास एजेण्डाहरुमा पनि स्पष्टरुपमा प्रतिविम्वित भएको छ। हामीले इआइएफबाट कुनै पनि अल्पविकसित मुलुकहरु पछि नछुटुन् भन्ने उद्देश्यसहित ४५ वटा मुलुकहरुमा १५५ वटा परियोजनाहरु कार्यान्वयन गरिरहेका छौं।’
सो कार्यक्रमको सन्चालन एलडिसी न्युज सर्भिसकी सम्पादक डाफ्ने डेभिसले गर्नेछिन्।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने