लन्डन । इंग्ल्याण्डको दि फुटबल एसोसिएसन (एफए) ले बेलायतस्थित नेपाली खेलाडीको खेल विकास र उनीहरुलाई अवसर प्रदान गर्ने आश्वासन दिएको छ ।
फुटबल एसोसिएसनका ‘इक्वेलिटी एण्ड डाइभर्सिटी’ म्यानेजर केभिन कोल्मेनले सहारा यूके, हयाम्पसायर फुटबल क्लव, बर्नमाउथ फुटबल क्लव र यूके नेपाल फ्रेण्डसीप सोसाइटीका पदाधिकारीबीच शुक्रबार भएको भेटमा उक्त आश्वासन दिएका हुन् ।
बर्नमाउथ फुटबल क्लवमा भएको करिब दुई घण्टा लामो छलफलमा कोल्मेनले नेपाली खेलाडीलाई कोचिङ, रेफ्री ट्रेनिङ, फुटबल सेसन र अन्य अवसर दिने आश्वासन दिएको सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ ‘साईंला’ ले जानकारी दिए । बर्नमाउथ एफसीले पनि सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको जनाउ दिएको छ । सहारा यूकेले बर्नमाउथ फुटबल क्लब र अल्डरसट एफसीसंग सम्बन्ध बढाइरहेको छ ।
उक्त बैठकमा हयाम्पसायर फुटबल क्लबका अध्यक्ष क्रिस, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान सान्का, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, सल्लाहकार डमर घले लगायतको सहभागिता थियो ।
विगत ६ वर्ष देखि सन्डे लिगको डिभिजन वान खेलिरहेको सहारा यूकेले नेपालमा २८ जना असहाय बालबालिका रेखदेख गरिरहेको सहारा एकेडेमी पोखरालाई नियमित सहयोग गरिरहेको छ ।
साथै उसले गोरखामा भूकम्पले क्षतिग्रस्त एक विद्यालय निर्माण गरिसकेको छ भने सिन्धुपाल्चोकमा एक विद्यालय निर्माणाधिन छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता