लन्डन । इंग्ल्याण्डको दि फुटबल एसोसिएसन (एफए) ले बेलायतस्थित नेपाली खेलाडीको खेल विकास र उनीहरुलाई अवसर प्रदान गर्ने आश्वासन दिएको छ ।
फुटबल एसोसिएसनका ‘इक्वेलिटी एण्ड डाइभर्सिटी’ म्यानेजर केभिन कोल्मेनले सहारा यूके, हयाम्पसायर फुटबल क्लव, बर्नमाउथ फुटबल क्लव र यूके नेपाल फ्रेण्डसीप सोसाइटीका पदाधिकारीबीच शुक्रबार भएको भेटमा उक्त आश्वासन दिएका हुन् ।
बर्नमाउथ फुटबल क्लवमा भएको करिब दुई घण्टा लामो छलफलमा कोल्मेनले नेपाली खेलाडीलाई कोचिङ, रेफ्री ट्रेनिङ, फुटबल सेसन र अन्य अवसर दिने आश्वासन दिएको सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ ‘साईंला’ ले जानकारी दिए । बर्नमाउथ एफसीले पनि सम्भव भएसम्मका सहयोग गर्न तयार रहेको जनाउ दिएको छ । सहारा यूकेले बर्नमाउथ फुटबल क्लब र अल्डरसट एफसीसंग सम्बन्ध बढाइरहेको छ ।
उक्त बैठकमा हयाम्पसायर फुटबल क्लबका अध्यक्ष क्रिस, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान सान्का, सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङ, सल्लाहकार डमर घले लगायतको सहभागिता थियो ।
विगत ६ वर्ष देखि सन्डे लिगको डिभिजन वान खेलिरहेको सहारा यूकेले नेपालमा २८ जना असहाय बालबालिका रेखदेख गरिरहेको सहारा एकेडेमी पोखरालाई नियमित सहयोग गरिरहेको छ ।
साथै उसले गोरखामा भूकम्पले क्षतिग्रस्त एक विद्यालय निर्माण गरिसकेको छ भने सिन्धुपाल्चोकमा एक विद्यालय निर्माणाधिन छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि