लन्डन । कतारमा शुक्रबार राती सम्पन्न ग्राण्ड फिनालेमा पहिलो ‘नेपाल आइडल’ घोषित बुद्ध लामा बेलायत आउने भएका छन् ।
मनकामना रेमिटका निर्देशक राजाराम गिरी र पोखरा ट्राभलका निर्देशक ज्ञाम गुरुङको निमन्त्रणामा आउन लागेका लामाको बेलायतमा ६ शहरमा शो हुने भएको हो ।
नेपाल आइडल फस्ट रेड कार्पेट शो आगामी २७ अक्टोबर शुक्रबार एसियन कम्युनिटी हल प्लमस्टिडमा गर्ने तय भएको छ । त्यसैगरि २८ अक्टोबरमा रेडिङ, २९ स्वीन्डन, ३ नोभेम्बर एम्पायर हल अल्डरसट, ४ नोभेम्बरमा हकिन्ज कम्युनिटी हल फोकस्टन र अन्तिम नोभेम्बर ५ आइतबार लन्डन हयारोमा शो हुने भएको छ । शोबाट बचेको पैसा आयोजकले बाढी पीडितलाई दिने बताएका छन् ।
कतारको दोहास्थित ग्राण्ड मलमा भएको फाइनल प्रतिस्पर्धामा दर्शकको भोटिङ आधारमा लामा नेपाल आइडल घोषित भएका थिए । प्रतियोगितामा इटहरीका निशान भट्टराई फस्ट रनरअप र काठमाडौंका प्रताप दास सेकेण्ड रनरअप घोषित भए ।
प्रतिस्पर्धीले पाएको कुल ९ करोड ३१ लख ३ हजार ३ सय ३५ भोटमध्ये लामाले ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट पाएको आयोजकले जनाएको छ । लामालाई महजोडीले पुरस्कार हस्तान्तरण गरेका थिए ।
नेपाल आइडल घोषित लामाले २० लाख रुपैयां र महिन्द्रा केयूभी १०० कार पाएका छन् । साथै, उनले १५ लाख बराबरको एल्बम सम्झौता पनि पाउनेछन् ।
फस्ट रनरअप भट्टराई र सेकेन्ड रनरअप दासले क्रमशः १५ लाख रुपैयां र १० लाख रुपैयां पुरस्कार पाएका छन् । भट्टराईले ३ करोड ५० लाख ८६ हजार २ सय २३ मत र दासले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाएका थिए ।
एपीवान टेलिभिजनले ‘प्रतिष्ठाको पहिलो आवाज’ खोज्ने कार्यक्रम गरेको हो । अन्तिम नतिजा घोषणा हुने बेला एपीवान टेलिभिजनले लाइभ प्रसारण गर्ने भनेर देश विदेशका लाखौं दर्शकलाई घण्टौं कुराएर झुक्याएपछि टिभीप्रति सामाजिक सञ्जालभर आक्रोश व्यक्त भएका छन् । टेलिभिजनले प्राविधिक कारणवस प्रत्यक्ष प्रसारण गर्न नसकिएको भन्दै क्षमा मागेको छ ।
फिनालेको भिडियो यहां छः
https://www.youtube.com/watch?v=qq44tK00JU0&feature=share
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग