मेक्सिको सिटी, ५ असोज (रासस-एएफपी) – मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकाहरुलाई जिवीतै उद्धार गर्ने कोशिस जारी रहेको बताइएको छ ।
उक्त शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाहरुको जिवीतै उद्धारगर्ने कोशिसमा कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ ।
मेक्सिको सहरको दक्षिणी भागमा अवस्थित एक विद्यालयमा यस भूकम्पमा परी २१ बालबालिकाको मृत्यु भएको छ । ती बालबालिकामा सात देखि १३ बर्षसम्मका रहेका छन् ।
अझै पनि कैयौँ बालबालिका बेपत्ता रहेका छन् । भूकम्प गएको २४ घण्टापछि अर्थात बुधबार अपराह्नसम्म पनि ती बालबालिकालाई जिवीतै उद्धार गर्ने प्रयास गरिएको बालबालिकाका अभिभावकले जनाएका छन् ।
उनीहरु आफै पनि रोइकराई गर्दै आफ्ना बालबालिकाको उद्धारमा लागिपरेका छन् । तर प्रहरीले भने अब ती बालबालिकालाई जिवीतै बाहिर निकाल्ने काम अत्यन्तै गाह्रो भएको बताएका छन् ।
मेक्सिकोमा गत मङ्गलबार गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २ सय ३० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।
यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको र उद्वारकार्य जारी रहेको जनाइएको छ ।
भूकम्पपछि कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि दुई हप्तामात्र अघि पनि मेक्सिकोमा योभन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो ।
मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिरकारीहरूले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान गरेका छन् ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी