लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको अक्टोबरमा हुने निर्वाचनमा लन्डनस्थित सामाजिक अभियन्ता बिजन भट्टले युरोप उपसंयोजकमा उम्मेदवारी दिने भएका छन् । हाल एनआरएनए यूके सल्लाहकार रहेका भट्टले संघमा स्थापनाकालदेखि नै आफ्नो क्रियाशिलता र अनुभव रहेको उल्लेख गर्दै त्यही अनुभवले युरोप उपसंयोजकमा उम्मेदवारी दिन लागेको जनाए ।
युरोपमा नेपालीका समस्या बढ्दै गएका बेला त्यसलाई सम्वोधन गर्न र युरोपस्थित संघका राष्ट्रिय समितिभित्र समन्वयकारी भूमिका खेल्न आफू सक्रिय रहने प्रतिवद्धता भट्टको छ ।
एनआरएनए आइसीसी सदस्य भएर काम गरिसकेका भट्ट बेलायतको नेपाली समुदायसंग परिचित छन् । उनले एनआरएनए यूके र नेपाल पत्रकार महासंघ यूकेको च्यारिटी कार्यक्रममा संयोजनकारी भूमिका निर्वाह गरेर धेरैको मन जितेका थिए ।
हालै सम्पन्न एनआरएनए यूके निर्वाचनमा उनी निर्वाचन समिति सदस्य थिए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]