लिस्बोन, १९ सेप्टेम्बर । युरोपमा नेपालीले नेपालीको हत्या गरेको सायद पहिलो घट्ना होला । घट्नाले युरोप स्तव्ध भइरहेका बेला हत्यारा पक्राउ परेका छन् । कामको सिलसिलामा सामान्य विवादमा गत सेप्टेम्बर १२ तारिख छुरा प्रहार गरि पोर्तुगलको राजधानी लिस्बोनमा हत्या गरिएका हरिबहादुर जिसीका हत्यारा अर्जुन सापकोटा आज मृतकको दाहसंस्कार गर्दा गर्दै पक्राउ परेका हुन् ।
संयोग नै मान्नु पर्छ, जुनबेला मृतक लास जलिरहेको थियो त्यही बेला लिस्बोनको रोमामा नेपालीद्वारा सञ्चालित पोखरा रेस्टुरेन्टबाट एनआरएनए पोर्तुगलका उपाध्यक्ष कमल गुरुङको अगुवाइमा हत्यारा पक्राउ परे । हत्यारा त्यहाँ आएको कुरा रेस्टुरेन्टका सञ्चालकले नै जानकारी गराएका थिए । पक्राउ पछि उनलाई पुलिसमा बुझाइएको थियो ।
‘हत्यारा पक्राउको सहयोगका लागि हाम्रो पुरै टोली खटिएको थियो, आज सफलता मिल्यो’, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले भने । पीडित परिवारका बालबच्चालाई सहयोग पुरयाउन एनआरएनए पोर्तुगलले अभियान नै चलाएको र यसमा खुलेरै सहयोग प्राप्त भएको अध्यक्ष कार्कीले जानकारी गराए । सहयोगीहरुको सबै नाम अभियान समाप्त भएपछि घोषणा गरिने उनले बताए । नव निर्वाचित अध्यक्ष कार्कीले समाजको समस्या समाधानका लागि राम्रो सुरुवात गरेको भनि पोर्तुगलमा चर्चा भएको छ ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी