लिस्बोन, १९ सेप्टेम्बर । युरोपमा नेपालीले नेपालीको हत्या गरेको सायद पहिलो घट्ना होला । घट्नाले युरोप स्तव्ध भइरहेका बेला हत्यारा पक्राउ परेका छन् । कामको सिलसिलामा सामान्य विवादमा गत सेप्टेम्बर १२ तारिख छुरा प्रहार गरि पोर्तुगलको राजधानी लिस्बोनमा हत्या गरिएका हरिबहादुर जिसीका हत्यारा अर्जुन सापकोटा आज मृतकको दाहसंस्कार गर्दा गर्दै पक्राउ परेका हुन् ।
संयोग नै मान्नु पर्छ, जुनबेला मृतक लास जलिरहेको थियो त्यही बेला लिस्बोनको रोमामा नेपालीद्वारा सञ्चालित पोखरा रेस्टुरेन्टबाट एनआरएनए पोर्तुगलका उपाध्यक्ष कमल गुरुङको अगुवाइमा हत्यारा पक्राउ परे । हत्यारा त्यहाँ आएको कुरा रेस्टुरेन्टका सञ्चालकले नै जानकारी गराएका थिए । पक्राउ पछि उनलाई पुलिसमा बुझाइएको थियो ।
‘हत्यारा पक्राउको सहयोगका लागि हाम्रो पुरै टोली खटिएको थियो, आज सफलता मिल्यो’, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीले भने । पीडित परिवारका बालबच्चालाई सहयोग पुरयाउन एनआरएनए पोर्तुगलले अभियान नै चलाएको र यसमा खुलेरै सहयोग प्राप्त भएको अध्यक्ष कार्कीले जानकारी गराए । सहयोगीहरुको सबै नाम अभियान समाप्त भएपछि घोषणा गरिने उनले बताए । नव निर्वाचित अध्यक्ष कार्कीले समाजको समस्या समाधानका लागि राम्रो सुरुवात गरेको भनि पोर्तुगलमा चर्चा भएको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार