कोलम्वो, ३ असोज (रासस-सिन्ह्वा) – श्रीलङ्कामा सन् २०१६ को अन्त्यपछि आवश्यक बर्षा नहुदा चालीस बर्ष यताकै सबैभन्दा नराम्रो खडेरीको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।
लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत देखिएको छ ।
सेप्टेम्बरको १९ गतेसम्मको तथ्याङ्क अनुसार खडेरीका कारण विभिन्न १७ जिल्लाका १९ लाख नागरिकमा प्रभाव देखिएको श्रीलङ्काको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत प्रत्यक्ष देखिन थालेको छ ।
खडेरीका कारण विगत १० बर्षमै सवैभन्दा कम धान उत्पादन हुने बताइएको छ ।
सन् २०१७ को खाद्यान्न उत्पादनले मात्रै सात महिनालाई पुग्ने राष्ट्रसंघका आवासीय संयोजकले बताए ।
खडेरीबाट खाद्यान्न उत्पादनमासमेत कमी आएपछि यहाँको करिब तीन लाख मानिस खाद्यान्नको अभाव झेल्न बाध्य हुने देखिएका साथै खाद्यान्न अभावका कारण कतिपय परिवारले एक छाक खाएर बस्ने गरेको राष्ट्रसंघले जनाएको छ ।
विश्व खाद्यान्न कार्यक्रमले प्रभावित क्षेत्रको करिब ५० प्रतिशत घरपरिवारमा लिएको तथ्याङ्क अनुसार सन् २०१६ को तुलनामा उनीहरूको ऋण झण्डै दोब्बर भएको बताइएको छ ।
विगत केही हप्तामा कतिपय ठाउँमा खण्डबृष्टि हुनेगरेको भएपनि यसले तत्काल खाद्यान्न उत्पादनमा कुनै सुधार आउने सङ्केत नदेखिएको राष्ट्रसंघको अध्ययन प्रतिवेदनमा बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने