कोलम्वो, ३ असोज (रासस-सिन्ह्वा) – श्रीलङ्कामा सन् २०१६ को अन्त्यपछि आवश्यक बर्षा नहुदा चालीस बर्ष यताकै सबैभन्दा नराम्रो खडेरीको सामना गर्नु परेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।
लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत देखिएको छ ।
सेप्टेम्बरको १९ गतेसम्मको तथ्याङ्क अनुसार खडेरीका कारण विभिन्न १७ जिल्लाका १९ लाख नागरिकमा प्रभाव देखिएको श्रीलङ्काको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ ।
लामो समयसम्म खडेरी परेका कारण यसको असर यहाँको अर्थतन्त्र तथा दैनिक जनजीवनमासमेत प्रत्यक्ष देखिन थालेको छ ।
खडेरीका कारण विगत १० बर्षमै सवैभन्दा कम धान उत्पादन हुने बताइएको छ ।
सन् २०१७ को खाद्यान्न उत्पादनले मात्रै सात महिनालाई पुग्ने राष्ट्रसंघका आवासीय संयोजकले बताए ।
खडेरीबाट खाद्यान्न उत्पादनमासमेत कमी आएपछि यहाँको करिब तीन लाख मानिस खाद्यान्नको अभाव झेल्न बाध्य हुने देखिएका साथै खाद्यान्न अभावका कारण कतिपय परिवारले एक छाक खाएर बस्ने गरेको राष्ट्रसंघले जनाएको छ ।
विश्व खाद्यान्न कार्यक्रमले प्रभावित क्षेत्रको करिब ५० प्रतिशत घरपरिवारमा लिएको तथ्याङ्क अनुसार सन् २०१६ को तुलनामा उनीहरूको ऋण झण्डै दोब्बर भएको बताइएको छ ।
विगत केही हप्तामा कतिपय ठाउँमा खण्डबृष्टि हुनेगरेको भएपनि यसले तत्काल खाद्यान्न उत्पादनमा कुनै सुधार आउने सङ्केत नदेखिएको राष्ट्रसंघको अध्ययन प्रतिवेदनमा बताइएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने