लन्डन । बलिउड सुपरस्टार सलमान खानसहितका भारतीय कलाकारहरुको शोले बेलायतवासी नेपालीलाई पनि आकर्षित गरयो । गत १७ सेप्टेम्बर ‘ओटु एरिना’ मा आयोजित ‘दबंग द टुर’ मा नेपालीको उल्लेख्य सहभागिता रहयो । उक्त शोमा मार्केट डाइरेक्ट लिमिटेडका प्रवन्ध निर्देशक एवं सफल युवा व्यवसायी विकास नेपालले प्रायोजन गरेकाले पनि नेपाली सहभागिता उल्लेख्य भएको हो । ओटुमा शो हेर्न २० हजार टिकट पहिल्यै ‘सोल्ड आउट’ भएको थियो ।
मार्केट डाइरेक्टले बेलायती बजारमा प्रिमियम क्वालिटी भएको नेपाली खाद्य उत्पादनहरु विक्री वितरण गर्दै आएको छ । उक्त कम्पनीले हालैमात्र यूके बजारमा वाइवाइ चाउचाउ आयात गर्न चौधरी ग्रुप युरोपसंग सम्झौता गरिसकेको छ ।
उक्त शोमा सलमान खानबाहेक सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डेज, डेजी शाह, बादशाह, प्रभु देवा, मनिष पल, सुरज पन्चोली, सोहेल खान, कमाल खान लगायतको समूहले भरपुर मनोरन्जन दिएको थियो ।
खानलाई ग्लोवल डाइभर्सिटी अवार्ड
यसैबीच, बलिउड सुपरस्टार सलमान खानले बेलायतको संसद ‘हाउस अफ कमन्स’ मा ‘ग्लोवल डाइभर्सिटी अवार्ड’ प्राप्त गरेका छन् । ब्रिटेनको संसदमा सबैभन्दा लामो समय सांसद रहेका किथ भाजले खानलाई उक्त अवार्ड प्रदान गरेका थिए । खानले विश्वभर विविधता पस्कन योगदान गरेवापत उक्त अवार्ड दिइएको सांसद भाजले जानकारी दिएका छन् । भाजले खान फिल्म अभिनय गर्ने सफल कलाकारमात्र नभएर मानवीय सहायता गर्ने व्यक्ति समेत भएको भन्दै प्रशंसा गरेका थिए ।
खानको विश्वका विभिन्न ठाउंमा ‘बिइंग हयुमन’ नामक एनजिओ समेत सञ्चालित छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल