लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ बारे थप जानकारी दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सोमबार एक प्रिजेन्टेसन दिइएको छ । सगुनका युरोप र यूके संयोजक सन्तोष घिमिरे र युवराज सेढाईंले प्रस्तुतिमार्फत सगुन के हो र यसमा लगानीका फाइदा बेफाइदा के छन् जस्ता विषयमा प्रष्टयाए । सो अवसरमा सहभागी एनआरएनए यूके अगुवाहरुले सगुनबारे चासोपूर्वक जिज्ञासा राख्दै लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु शेर सुनार र सुशिला राई, आइसीसी सदस्यहरु जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, योगेन क्षेत्री, मेजर रिटायर्ड डमर घलेलगायत सामाजिक अभियन्ताहरु सहभागी थिए ।
कार्यक्रममा एनआरएनए यूके अध्यक्ष फगामीले लगानीका लागि व्यक्तिगत तथा संस्थागत सहयोग गर्ने आश्वासन दिए । एनआरएनए यूके निवर्तमान अध्यक्ष मुछेत्र गुरुङले नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा सहयोग गर्नु कर्तव्य भएको बताउंदै १५ सय डलर लगानीको प्रतिवद्धता व्यक्त गरे ।
सगुनमा संलग्न रहेका बेलायतका प्रभावशाली समाजसेवी सूर्य गुरुङले प्रतिफलमात्र नसोची नेपालीहरुको नेपाल चिनाउने प्रोजेक्टमा सहयोग गर्न अपिल गरे । बेलायतमा अब करिब एक महिनासम्म लगानीको अवसरको समयसीमा दिने सोच रहेको पनि उनले जनाए ।
सगुनले बेलायतबाटै गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको छ । त्यसयता झण्डै चार करोड रुपैयांको प्रतिवद्धता आइसकेको सगुनले जनाएको छ । हालसम्म तीनहजार ६९५ जनाले लगानी गरेका छन् ।
अमेरिका निवासी सगुनका सिइओ तथा संस्थापक गोविन्द गिरीसहितका प्रवर्धकहरुको समूह अहिले सगुनमा लगानी भित्रयाउन सक्रिय छ ।
सगुनको न्यूनतम लगानी एकहजार डलर छ । पहिलो पटक क्रेडिट वा डेविट कार्डबाट पनि प्रतिवद्धता अनुरुप लगानी रकम तिर्न सकिनेछ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।
एन्ड्रोयड मोवाइल एप तिहारसम्म ल्याउने तयारी गरिरहेको सगुनले गत सेप्टेम्बर १६ तारिख एपको पहिलो ‘डेमो’ प्रदर्शन गरेको थियो । एप सार्वजनिक भएसंगै सगुनका मोबाइल प्रयोगकर्तालाई थप सहज हुने विश्वास गरिएको छ ।
त्यस अवसरमा गुगल इन्डियाबाट प्रोडक्ट डेभलप्मेन्ट अफिसर र जोम्याटोबाट एक गरि दुई हाइ प्रोफाइल व्यक्तित्व समेत सगुनमा आउने निश्चित भएको जनाइएको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि