गोर्खा प्यालेसमा सगुनको ‘प्रिजेन्टेसन’

लन्डन । सोसियल इकमर्स प्लेटफर्म ‘सगुन डट कम’ बारे थप जानकारी दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सोमबार एक प्रिजेन्टेसन दिइएको छ । सगुनका युरोप र यूके संयोजक सन्तोष घिमिरे र युवराज सेढाईंले प्रस्तुतिमार्फत सगुन के हो र यसमा लगानीका फाइदा बेफाइदा के छन् जस्ता विषयमा प्रष्टयाए । सो अवसरमा सहभागी एनआरएनए यूके अगुवाहरुले सगुनबारे चासोपूर्वक जिज्ञासा राख्दै लगानी गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्षहरु शेर सुनार र सुशिला राई, आइसीसी सदस्यहरु जयप्रकाश गुरुङ र शान्ति थापा कुंवर, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, योगेन क्षेत्री, मेजर रिटायर्ड डमर घलेलगायत सामाजिक अभियन्ताहरु सहभागी थिए ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष फगामीले लगानीका लागि व्यक्तिगत तथा संस्थागत सहयोग गर्ने आश्वासन दिए । 
एनआरएनए यूके निवर्तमान अध्यक्ष मुछेत्र गुरुङले नेपालीले शुरु गरेको स्टार्ट अप कम्पनीमा सहयोग गर्नु कर्तव्य भएको
बताउंदै १५ सय डलर लगानीको प्रतिवद्धता व्यक्त गरे ।

सगुनमा संलग्न रहेका बेलायतका प्रभावशाली समाजसेवी सूर्य गुरुङले प्रतिफलमात्र नसोची नेपालीहरुको नेपाल चिनाउने प्रोजेक्टमा सहयोग गर्न अपिल गरे । बेलायतमा अब करिब एक महिनासम्म लगानीको अवसरको समयसीमा दिने सोच रहेको पनि उनले जनाए ।

सगुनले बेलायतबाटै गत १८ अगष्टदेखि रेगुलेसन ए प्लस (मिनी आइपिओ) अन्तर्गत दोश्रो पटक सर्वसाधारणबीच शेयर विक्रीको अवसर खुल्ला गरेको छ । त्यसयता झण्डै चार करोड रुपैयांको प्रतिवद्धता आइसकेको सगुनले जनाएको छ । हालसम्म तीनहजार ६९५ जनाले लगानी गरेका छन् ।

अमेरिका निवासी सगुनका सिइओ तथा संस्थापक गोविन्द 
गिरीसहितका प्रवर्धकहरुको समूह अहिले सगुनमा लगानी भित्रयाउन सक्रिय छ ।

सगुनको न्यूनतम लगानी एकहजार डलर छ । पहिलो पटक क्रेडिट वा डेविट कार्डबाट पनि प्रतिवद्धता अनुरुप लगानी रकम तिर्न सकिनेछ । https://www.sagoon.com/invest मा क्लिक गरि लगानी गर्न सकिनेछ ।

एन्ड्रोयड मोवाइल एप तिहारसम्म ल्याउने तयारी गरिरहेको सगुनले गत सेप्टेम्बर १६ तारिख एपको पहिलो ‘डेमो’ प्रदर्शन गरेको थियो । एप सार्वजनिक भएसंगै सगुनका मोबाइल प्रयोगकर्तालाई थप सहज हुने विश्वास गरिएको छ ।

त्यस अवसरमा गुगल इन्डियाबाट प्रोडक्ट डेभलप्मेन्ट अफिसर र जोम्याटोबाट एक गरि दुई हाइ प्रोफाइल व्यक्तित्व समेत सगुनमा आउने निश्चित भएको जनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री