लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अागामी तीन वर्षे कार्यकाल दुईजनाले अापसी सहमतिमा चलाउने निधाे भएकाे छ ।
चुम्ल्ङको शनिबार अल्डरसटस्थित इम्पाएर हलमा सम्पन्न नवाैँ महाधिबेसनले अध्यक्ष पदका दुई अाकांक्षीहरु दिलसिं मेन्याङ्बो र तिलबिक्रम सम्बाहाम्फेलाई संयुक्त रुपमा अध्यक्ष चयन गरेकाे छ । सहमतिअनुसार मेन्याङबोले शुरुकाे वर्ष र सम्बाहाम्फले बाँकी दुई वर्ष अध्यक्षको कार्यकाल सम्हाल्ने छन् । महाधिवेसनले उपाध्यक्षहरुमा नगेन्द्र नेम्बाङ, छत्र वनेम, बिमला सेने, दुर्गा पाङ्मा, नरबिर आङ्बो, महासचिवमा गणेश इजम, सचिवमा विश्वाशदिप तिगेला, सहसचिवमा श्रीमती सानु लिम्बु, कोसाध्यक्षमा धन काम्बाङ, सह-कोसाध्यक्षमा दीपेन्द्र याक्सोलाई चयन गरेकाे छ ।
सदस्यहरुमा पूर्ण मादेन, शान्ता हुक्पाचोङ्बाङ, नर साबेनहिम, याम आङ्बोहाङ,जुरेन्द्र खजुम,सुबर्ण इदिङ्गो, माया जबेगु, निर्मल पातङ्वा रहेका छन्। ब्रान्चका अध्यक्षहरु पदेन रहन्छन् भने बाँकी सदस्यहरु केन्द्रिय कार्यसमितिले चयन गर्ने बताइएकाे छ । चुम्लुङको १६ वटा ब्रान्च रहेका छन् ।
यसअघि उद्घाटन समाराेह अध्यक्ष काजिमान याक्सोको अध्यक्षतामा भएको थियाे भने प्रमुख अतिथिमा अादिवासी जनजाति महासंघ युकेका अध्यक्ष तुल छन्त्याल रहेका थिए । नयाँ कार्यसमिति चयनका लागि मे रि भवानी पन्धाककाे संयोजकत्वमा विजयविक्रम लिङदेन र हरि लिम्बु रहेको निर्वाचन समिति गठन गरिएको थियाे ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस