लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अागामी तीन वर्षे कार्यकाल दुईजनाले अापसी सहमतिमा चलाउने निधाे भएकाे छ ।
चुम्ल्ङको शनिबार अल्डरसटस्थित इम्पाएर हलमा सम्पन्न नवाैँ महाधिबेसनले अध्यक्ष पदका दुई अाकांक्षीहरु दिलसिं मेन्याङ्बो र तिलबिक्रम सम्बाहाम्फेलाई संयुक्त रुपमा अध्यक्ष चयन गरेकाे छ । सहमतिअनुसार मेन्याङबोले शुरुकाे वर्ष र सम्बाहाम्फले बाँकी दुई वर्ष अध्यक्षको कार्यकाल सम्हाल्ने छन् । महाधिवेसनले उपाध्यक्षहरुमा नगेन्द्र नेम्बाङ, छत्र वनेम, बिमला सेने, दुर्गा पाङ्मा, नरबिर आङ्बो, महासचिवमा गणेश इजम, सचिवमा विश्वाशदिप तिगेला, सहसचिवमा श्रीमती सानु लिम्बु, कोसाध्यक्षमा धन काम्बाङ, सह-कोसाध्यक्षमा दीपेन्द्र याक्सोलाई चयन गरेकाे छ ।
सदस्यहरुमा पूर्ण मादेन, शान्ता हुक्पाचोङ्बाङ, नर साबेनहिम, याम आङ्बोहाङ,जुरेन्द्र खजुम,सुबर्ण इदिङ्गो, माया जबेगु, निर्मल पातङ्वा रहेका छन्। ब्रान्चका अध्यक्षहरु पदेन रहन्छन् भने बाँकी सदस्यहरु केन्द्रिय कार्यसमितिले चयन गर्ने बताइएकाे छ । चुम्लुङको १६ वटा ब्रान्च रहेका छन् ।
यसअघि उद्घाटन समाराेह अध्यक्ष काजिमान याक्सोको अध्यक्षतामा भएको थियाे भने प्रमुख अतिथिमा अादिवासी जनजाति महासंघ युकेका अध्यक्ष तुल छन्त्याल रहेका थिए । नयाँ कार्यसमिति चयनका लागि मे रि भवानी पन्धाककाे संयोजकत्वमा विजयविक्रम लिङदेन र हरि लिम्बु रहेको निर्वाचन समिति गठन गरिएको थियाे ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता