लण्डन । नेपाल इन्जिनियर्स एसाेसिएसनको विदेशस्थित पाँचाैँ शाखाका रुपमा युके सेन्टरको समुद्घाटन गरिएको छ ।
आइतबार अल्पर्टनमा आयोजित एक समारोहबीच बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सो सेन्टर समुद्घाटन गरे भने नेपालबाट आएका एसोसिएसनका केन्द्रीय अध्यक्ष इन्जिनियर हरेराम श्रेष्ठ र महासचिव उमेशप्रसाद थानीले ब्यानर उद्घाटन गरे ।
युके सेन्टरका अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकामगरको अध्यक्षतामा भएको सो समारोहमा बाेल्दै राजदूत सुवेदीले एसोसिएसनको सकारात्मक र रचनात्मक कार्यमा दुताबासको सधैँ सहयाेग र सहकार्य रहने बताए । एनअारएनए युकेका अध्यक्ष योगकुमार फगामीले इन्जिनियरहरुलाई शुभकामना दिँदै एसोसिएसनसित सहकार्य गर्न एनअारएन इच्छुक रहेकाे बताए ।
नेपालबाट आएका एसोसिएसनका अध्यक्ष श्रेष्ठले बेलायतका नेपाली इन्जिनियरहरुलाई आइपर्ने समस्यामा सहयोग गर्न एसोसिएसन तयार रहेको बताए । उनले युके प्रविधिको विकास र प्रयोगमा सन्सारकै अग्रणी रहेकाे उल्लेख गर्दै त्यस्ता प्रविधिको प्रयोग गरेर मानव जातिलाई नै जीवनयापन सजिलो बनाउन इन्जिनियरहरुलाई अाग्रह गरे । त्यस्तै महासचिव थानीले युके सेन्टरलाई सबै नेपाली इन्जिनियरको प्रतिनिधि सङ्स्थाका रुपमा अघि बढ्न र भविष्यमा अझै धेरै इन्जिनियरलाई समेट्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरले नेपालबाट भर्खर आएका इन्जिनियरहरुलाई काम खाेज्न सघाउन र युकेमै दीक्षित नयाँ इन्जिनियरहरुलाई नेपालसित जोड्न सेन्टरलाई अनुराेध गरे ।
कार्यक्रममा महासचिव इन्जिनियर लाेकराज सिंहले स्वागत तथा सल्लाहकार इन्जिनियर केदार पन्तले इन्जिनियर्स एसोसिएसन स्थापना गर्नुको उद्देश्यबारे चर्चा गरेका थिए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले युके सेन्टरका पदाधिकारी तथा सदस्यहरुलाई एसोसिएसनको पिन र महासचिव थानीले खादा लगाइदिएका थिए । यसैगरी केन्द्रीय अध्यक्ष श्रेष्ठले नेपाली दूताबास, एनअारएनए युके र नेपाल पत्रकार महासंघलाई मायाको चिनाे प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा इन्जिनियरहरु, उनीहरुका परिवारका सदस्य तथा कोसेली कल्चर ग्रुपबाट साँस्कृतिक कार्यक्रम पनि देखाइएकाे थियाे। कार्यक्रम रमेश सराङकोटीले चलाएका थिए । कार्यक्रममा युकेस्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, युवा इन्जिनियरहरु र उनका परिवारजनकाे उपस्थिति थियाे ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन