अल्डरसट फुड फेस्टिभलमा नेपाली खानाको प्रशंसा

अल्डरसट । ग्रेटर रशमोर नेपाली कम्युनिटीलगायत रशमोरस्थित विभिन्न कम्युनिटी, सेन्ट ओमार ब्यारेक र रशमोर बोरो काउन्सिलको साझेदारीमा  रशमोर कम्युनिटी फूड फेस्टिबल सम्पन्न भएको छ ।
शनिबार भएको सो फेस्टिबलमा इंग्लिश, नेपाली, भारतीय, फिजियन, रुमानियन, पोलिस र जिम्बाबियन खानाको प्रबन्ध गरिएको थियाे । उक्त कार्यक्रमको फुड सेफ्टी र पकाउने काम कर्नल मेक ग्रेगरको प्रत्यक्ष निगरानीमा भएको थियो।
अल्डरसटस्थित वेस्टन पार्कमा आयोजित उक्त कार्यक्रमा खानाको अलावा फेस पेन्टिङ, बास्केटबल, क्रिकेट, फूटबल जस्ता खेल, कथा वाचन, विभिन्न देशका गीत तथा नाच, अंग्रेजी ब्याण्डको समेत प्रस्तुति रहेको थियो भने नेपाली खाना र भारतीय कत्थक नाच विशेष आकर्षण बनेका थिए।
रशमोरस्थित सबै कम्युनिटी बीच घुलमिल गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको संयोजन रशमोर बोरो काउन्सिलका जेमी बेटोंले गरेका थिए भने ग्रेटर रशमोर नेपाली कम्युनिटीको भूमिका विशेष थियो ।
सुरुदेखि अन्त्यसम्म दर्ता, हेल्थ एण्ड सेफ्टी, प्राथमिक उपचार, सूचना केन्द्र, स्वयम् सेवक व्यबस्था लगायतका सम्पूर्ण जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएकोमा संयोजक जेमीले धन्यवाद दिए ।
कार्यक्रम सफल बनाउन कार्यसमिति, सल्लाहकार र स्वयम्सेवकको अथक परिश्रमको लागि संस्थाका अध्यक्ष जीव बेलबासेले धन्यबाद दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापा, वरिष्ठ उपाध्यक्ष रामधन राई, उपाध्यक्ष नेम थापा, उपाध्यक्ष रन्जिता मल्ल, सल्लाहकार बिष्णु थापा र वुद्धि गुरुङ धन्यवादका पात्र बनेका थिए।
५ पाउण्ड दरका ५०० टिकट छपाइएकोमा सम्पूर्ण टिकट एक हप्ता पहिले नै बिक्री भएको उक्त कार्यक्रम पुन: आगामी जून महिनामा आयोजना गरिने अध्यक्ष जीव बेलबासेले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री