लण्डन,१ असोज (रासस-सिन्ह्वा)- दुई दिन पहिले लण्डनमा एक भूमिगत रेलमा आक्रमण गरी ३० जना घाइते भएपनि संयुक्त अधिराज्यले आइतबार आफ्नो देशमा आतङ्कवादी खतरामा कमी आएको जनाएको छ ।
बेलायती गृहमन्त्री अम्बर रुदले बेलायतमा आतङ्कवादीहरूले एकाध घटना गराएपनि समग्रमा यहाँको सुरक्षास्थिति मजबुत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संयुक्त अधिराज्यमा आतङ्कवादीबाट रहेको खतराको तह ‘सङ्कटग्रस्त’ अवस्थाबाट केही सुधार भई ‘गम्भीर’ अवस्थामा आएको छ ।’
बेलायतले लण्डनको भूमिगत रेलमा भएको घटनामा सम्लग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएपछि उक्त भनाई बाहिर ल्याएको हो । प्रहरीले सम्लग्न भएको आरोपमा अन्य केही जनाको खोजी गरिरहेको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन